Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जारी छ प्रहरीकै ‘सेटिङ’ मा मिश्रको लुट धन्दा

काठमाडौं । महानगरीय प्रहरी वृत्त  कमलपोखरी काठमाडौंकै ‘सेटिङ’ मा सनिश मिश्रले मिटर ब्याजको लगानी उठाउने गरेको खुलासा भएको खबर प्राप्त भएको छ । ओमकारको बढ्यो चकचकी र ठगी धन्दाका बारेमा समाचार आउने क्रम झन्झन् बढ्दो छ ।

विभिन्न क्षेत्रमा लगानी एक कम्पनीका आड्मा विभिन्न व्यक्तिहरुलाई अवैध रुपमा मिटरव्यजमा लगानी गरेर ठगी गरि अकुत सम्पत्ति कमाएका मिश्रले प्रहरी प्रशासन, राजनीतिक दलका नेता र गुण्डाको सहयोगमा व्यवसायीक रुपमा मिटर व्याजका रुपले ऋण लगानी गदै आउदा पनि सम्बन्धित निकाय मौन रहदाँ करोडौ रुपैयाँ कर समेत छली भएको छ ।

गोप्य रुपमा प्राप्त सूचना अनुसार चार सय प्रतिशत भन्दा बढी व्याजमा ऋण लगानी गर्दै आएको ओमकार ग्रुप अफ कम्पनीका मालिक शनिसकुमार मिश्र पछिल्लो समय विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् । उनले सो अबैध करोबार जारी राख्न पानीपोखरी बृतका प्रहरीको सहयोगमा अबैध हातहतियार समेतको कारोबार गर्ने गरेको सो कम्पनीका एक कर्मचारीले नाम नलेख्ने सर्तमा बताए ।

प्रहरीकै उच्च अधिकारीको सहयोगमा विभिन्न व्यक्तिहरुलाई मिटरव्याज मार्फत दिएको ऋणलाई बढाएर राखिएको धितो हड्पेको सम्पत्तिलाई नै प्रयोग गर्दै संकलित रकम लगानी गर्दै आएका छन् ।

कुनै दिन एउटा कोटा मैतिदेवीमा भाडामा लिई बस्ने अनि घरबेटीको भाडा तिर्न नसक्दा ग्यास सिलिण्डर नै बेच्नु पर्ने हैसियतका मिश्रले केही वर्षको अन्तरालमा करोडौं रुपैयाँ आम्दानी गर्नुको भित्रि रहस्य नै मिटर व्याजमा लगानी र सो लगानी नउठ्दा हड्पेको विभिन्न ऋणीहरुको सम्पत्ति नै मुख्य रहेको सोही कम्पनीमा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा तीव्रखबरलाई बताएका छन् ।

ओमकारको नाममा अहिले लगभग बिस वटा कम्पनीहरु संचालनमा रहेको पाइएको छ । उक्त कम्पनीले गर्ने हरेक गतिविधीमाथि खोजी समेत जारी छ । मैतिदेबीमा रहेको मिश्रको मुख्य कार्यालयमा बसेर ऋण लिएकासंग एकमहिना पछि पेस्तोल देखाउदै जबरजस्ती घरजग्गा कव्जा गर्ने गरेको समेत कर्मचारीको दाबी रहेको छ ।

मिश्रले पिडित बनाएकाहरुले  कमलपोखरीमा जानकारी गराउदा समेत कुनै कारबाही नगरि उल्टो फरार रहेको भन्दै खोजी कार्य बन्द गरेपछि सो बृत्तका प्रहरी अधिकृतसंग संलग्नता रहेको दाबी समेत पिडितले गरेका छन् । यस सम्बन्धमा सञ्चालक मिश्रसंग पटकरपटक फोन गर्दा समेत उनले फोन समेत उठाएनन् ।

प्रकाशित मिति: May 6, 2016

प्रतिक्रिया दिनुहोस्