Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार लिएर पर्यटनको नाउमा लाखौ रकम दुरुपयोग , साइबर क्राइमको अभियोगमा पत्रकार पक्रिए

पर्वत, पछिल्लो पटक पर्वत जिल्लामा पर्यटन प्रर्वद्धनको लागि विनियोजन भएको रकम दुरुपयोग हुदै आएको छ ।

 कहिले हम्पाल लेक त कहिले ¥याप्टीङ गरी पर्यटन प्रर्वद्धन गर्ने भन्दै यहाँका केहि राजनीतिक दल र आफूलाई पर्यटनविद भन्नेहरुले रकमको चरम दुरुपयोग गरेको देखिएको हो ।

 पर्यटन प्रर्वद्धनको लागि छुट्टिएको तीन बर्ष यताको एक करोड रकम कसरी दुरुपयोग भएको रहेछ भन्ने कुरा अहिले प्रष्ट हुन थालेको छ । जिल्लामा पर्यटकीय क्षेत्रको पहिचान गरी त्यस्ता क्षेत्रको प्रचारप्रसार विकास गर्नको लागि र पर्यटकीय गन्तव्य स्थलका रुपमा विकसीत गर्नेको बदला यहाँका केहि आफुलाई पर्यटनविद भन्नेहरुले विनियोजन भएको रकममाथि कब्जा गरेको प्रष्ट देखिएको छ । पर्वत जिल्लामा पछिल्लो समयमा पर्यटकहरुको आगमन बढ्दो छ तर पर्वतमा के कति पर्यटक आए र उनीहरुले जिल्लाका कुनकुन स्थलमा पुगे त्यसको यहाँका सरोकारवाला निकायसँग तथ्याङकनै छैन ।

गर्मीयाम शुरु भएसँगै कालीगण्डकी नदीमा ¥याप्टीङगर्न आउनको क्रम जारी छ र त्यो संख्या बढ्दो पनि छ तर यहाँका पर्यटक र पर्यटन व्यवसायसँग सम्बन्ध राखेका भनिएका संघसंस्थासँग त्यसको आकाँडा भने छैन ।
जिल्ला विकास समिति अन्तरगतको पर्यटन प्रर्वद्धनका लागि विनियोजन भएको रकममा यहाँका केहि व्यक्तिगत स्वार्थ बोकेका मानिसहरुको हातमा पुगेको छ जसका कारण जिल्लाको पर्यटन क्षेत्रको विकास र प्रर्वद्धन हुनुको सट्टा विनियोजन भएको रकम हिनाविना गर्ने बाहेक केहि काम भने हुन सकेको छैन ।
 केहि समयमा जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने भन्दै यहाँका राजनीतिक दल, तीनका कार्यकर्ता, पर्यटनविदका नाममा चिनिएका पर्यटनविद भनौदाहरुले हम्पाल लेकसम्मको पर्यटन प्रर्वद्धन र विकास गर्ने भन्दै लाखौ रकम दुरुपयोग गरेको केहि समय वितिनसक्दा फेरि जलयात्रा गरी पर्यटन प्रर्वद्धनकोे नाममा लाखौको रकम घोटला गरेका छन् । पर्यटन प्रर्वद्धनको नाउमा गरीने यस्ता हर्कतमाथि सरोकारवाला निकायको ध्यान जानु आवश्यक छ ।

 खेत जोते धान आफै फल्छ भने जस्तो हो

खेत जोतेर धानको विउ नछरि धान फल्छ भने जस्तो गरी यहाँका पर्यटन विद भनौदाँहरुले लाखौ रकमको खुलेआम दुरुपयोग गरेका छन् यस तर्फ कसैको ध्यान जान भने अझै सकेको छैन ।

पर्यटन प्रर्वद्धन हुन्छ र गछौं भन्दै आफै मोजमस्तीमा निस्कने यहाँका पर्यटनविद भन्नेहरु कस्ता प्रविधिका हुन त्यो भने बुझ्न जरुरी छ । दिनदिन भकारीको धान जिकेर भात खाने, खेती नगर्ने अनि भकारी भोरिन्छ धानले भन्ने यहाँका पर्यटन विदलाई पर्यटन प्रर्वद्धनका लागि  विनियोजन भएको रकम मामाको धन फुपुको श्रद्धा जस्तो भएको छ ।

दलका पत्रकार साँची 

पटक पटक जिल्लामा पर्यटन प्रर्वद्धनको लागि छुट्टिएको रकम दुरुपयोग भएको संचारमाध्यममा खबर आएपछि यस पटक भने दलका पत्रकारलाई समावेश गरी विनियोजन रकम मासु र रक्सीमा सिध्याउने यहाँका पर्यटनविद भन्नेहरुले स्वाहा  पार्न खोजेका छन् ।

 दलको सिफारिसमा गएका त्यस्ता पत्रकारले कस्तो समाचार लेख्लान् र त्यसले विनियोजन भएको रकमको आयव्यय कसरी प्रस्तुत गर्छन त्यो भने प्रतिक्षाको विषय बनेको छ । विनियोजन भएको रकमको आर्थिक पारदर्शीता बाहिर ल्याउनको लागि यस तर्फ सरकोरवाला निकयको ध्यान जानु आवश्यक छ । 
अनविज्ञ सदस्य
पर्यटन प्रर्वद्धनको लागि आयोजना गरीएको ¥याफ्टीङ सम्मबन्धी सम्बन्धी समितिका सदस्य समेत अनविज्ञ रहेको पाइएको छ जसले गर्दा पर्यटन प्रर्वद्धनको नाउमा ठूलो आर्थिक चलखेल भएको समेत देखिन्छ ।

साइबर क्राइमको अभियोगमा पत्रकार पक्रिए

काठमाडौं । साइबर क्राइमको अभियोगमा पत्रकार मनोजकुमार राई (भद्रगोल किराती)लाई प्रहरीले पक्राऊ गरेको छ । ‘गाउँले’ मासिकका सम्पादक÷प्रकाशकसमेत रहेका राईलाई शुक्रबार दिउँसो छलफल गर्न भनी झुक्याएर प्रहरीले पक्राउ गरेको हो ।

हाल प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका राईलाई शुक्रबार दिउँसो दुई बजे झुक्याएर प्रहरी वृत्त कमलपोखरीले पक्राउ गरेको हो । पक्राउपछि उनलाई हनुमानढोका पु¥याएको थियो ।

भक्तकुमार राई उर्फ गड एन्जलबारे खोजमूलक रिपोर्ट प्रकाशित गर्दै सामाजिक सञ्जालमा समेत प्रकाशित गर्दै आइरहेका राईलाई साइबरक्राइमको मुद्दा दर्ता गरी हिरासतमा लिइएको छ । उनलाई प्रहरी परिसर काठमाडौंले ५ः२० बजे पक्राउ पुर्जी थम्याउँदै थुनामा राखेको छ ।

स्रोतका अनुसार राईले गडएन्जलबारे खोजमूलक पुस्तक ‘गड होइन ठग एन्जल’ बाहिर ल्याउने तयारीमा थिए । यसैका निम्ति शनिबार (भोलि) काठमाडौंमा एक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेका राईलाई ईलाम जिल्ला निवासी हेंखामा हाङखिमको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: May 6, 2016

प्रतिक्रिया दिनुहोस्