Logo
८ बैशाख २०८१, शनिबार
(May 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनतत: एनसेलले बुझायो ९ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ कर, तर अझै छ बाकी

काठमाडौं । चौतर्फी दवाबपछि निजि टेलिकम कम्पनी एनसेलले सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ पुँजीगत लाभकर सरकारलाई बुझाएको छ । एनसेलले आइतबार करदाताको कार्यालयमा कर बुझाएको हो ।
आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले दिएको जानकारी अनुसारएनसेलले ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार चालीस रुपैयाँ लाभकर वाफत बुझाएको हो ।
एनसेलले ३९ अर्ब रुपैयाँ तिर्नुपर्ने छ । बाँकी रकम पछि तिर्ने उस्ले प्रतिबद्धता गरेको छ । लामो समदेखि कर तिर्नेरनतिर्ने विषमा बहस भइरहँदा एनसेलले झण्डै १० अर्ब कर दाखिला गरेको हो ।
कर दाखिला गर्न एनसेलले केहि दिन अघिदेखि नै तयारी गरेको थियो । स्वीडेनको टेलिया कम्पनीले एक्जियटालाई एनसेलको ८० प्रतिशत स्वामित्व एक अर्ब ३६ करोड ५१ लाख डलरमा बेचेको थियो ।
गत अप्रिलमा खरिद प्रक्रिया टुंग्याए पनि कर तिर्न एनसेल तयार भएको थिएन । तर, विभिन्न स्तरको दबाव तथा एक्जियटाको अग्रसरतामा एनसेलले ९ अर्ब बढी पूँजीगत लाभकर तिरेको हो । कर तिर्न सरकारले आइतबारसम्म समयसीमा दिएको थियो ।

प्रकाशित मिति: May 8, 2016

प्रतिक्रिया दिनुहोस्