Logo
१५ चैत्र २०८०, बिहीबार
(May 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी दलका कारण अकालमा मृत्यू !


सहयोगका लागि अपील
बिपि साह, रौतहट पुगेर । यी हुन् महोम्म मैहरुदिन । यिनीसँग मेरो भेट जम्मा तीन पटक भयो । दुई पटक काठमाडौंको बीर अस्पतालमा र एक पटक काठमाडौंबाट धपाइएपछि नारायणी उपक्षेत्रीय अस्पताल बीरगञ्जमा । मैहरुदिनकी आमासँग उनको घर रौतहट अकुलवा बलुवामा भएको थियो । त्यतीबेला उनी बालबच्चालाई खाना खुवाउन गामघरमा चामल माग्दै थिइन । अनी उपचार गराइरहेका छोरालाई आवश्यक ८ हजार रुपौया ऋण खोज्दै थिइन ।
मेरो जानकारी पछि बीरगञ्जका मेरा मित्र भरत साहसहितले उनलाई उपचार खर्चमा सहयोग गरेका थिए । तर उनलाई सघन उपचार आवश्यक थियो । बीरगञ्ज नाकामा धर्ना चल्दै थियो । धर्ना स्थलमै गएर मोर्चाका नेताहरुले यसबारे जानकारी गराएको थिएँ । सबैले हुन्छ भनेर मलाई आश्वास्त पारेका थिए । त्यसपछि म आफ्नो गन्तव्य बेथरी(रुपन्देही) तिर लागेको थिएँ ।
Maihrudin-2
करिब १५ दिनपछि एक साँझ मैहरुदिनको फोन आएको थियो । उनले भनेका थिए,‘सर कैसे हैं ? मेरा अवस्था तो विगरता जा राहा है, क्या करे ? कुछ और मदत करवाइए । फिर भी बताइए हामारा नेता लोग क्या कर राहा है काठमाण्डु मे ?’ कुरा अलिक लामो भयो । त्यो दिन पनि उनी पुरानै शैलीमा भन्दै थिए ‘अधिकार के लिए लगे है लगेही रहेँगे सर ।’

उनको फोन पछि मैले मधेशी मोर्चाका केही नेताहरुलाई जानकारी गराएको थिए । मोर्चाबालाले उपचार गराउन कमिटी बनेको छ र उनीहरुले गर्दैछ अरु कुरा एक दुई दिनमा हामी गर्छौ भनेरका थिए । त्यसपछि म पनि आफ्नो काममा व्यस्त भएको थिए ।
माओवादीको लडाकु पृष्ठ भूमिबाट आएका उनी माओवादीको विभाजन पछि बैद्य माओवादीमा लागेका थिए । माओवादीले पनि मधेशीलाई नपत्याएको भन्दै उनी निश्क्रिय भएर बस्दा मधेश आन्दोलन सुरु भएको थियो । राजनीतिक सुझबुझ भएका उनी आन्दोलनमा होमिएका थिए ।
घरका पाँच जना बच्चा पाल्न उनी खसी बाख्रा किन बेच गर्थे र गुजारा गर्थे । उनका भाईहरु पनि कमाउने खालका थिएनन् ।

बीर अस्पतालमा मसँग भएको कुराकानीमा उनले भनेको कुरा मलाई अहिले पनि याद छ,‘सर ए सरकार हम लोगोको अधिकार नही देगा । मुझे बंदुक दिलबाइए, मै काठमाडु से ही युद्धका घोषणा करुँगा । मुझे अभी भि गोली लगा है, एक दो और लग गया तो भी कोइ फरक नही परेगा ।’
लडाकु पृष्ठ भूमिबाट आएकाले उनी सशस्त्र युद्धमा त्यतीबेला पनि विश्वास राख्थे । अधिकारका कुरा पनि बुझेका थिए । तर उनलाई आन्दोलन गराउने नेतृत्वले बुझ्न सकेन । र, उनको मृत्यु भयो । मेरो विचारमा उनको हत्यामा जति दोषी नेपाल सरकार छ त्यती नै दोषी मधेशी मोर्चा पनि छ ।
मैहरुदिनकी आमा
उनी सहिद भए । अव उनको परिवारको जिम्मेबारी दुबै हत्यारा पक्षहरुको काँधमा छ । तर दुर्भाग्यबस उनको परिवारलाई अहिले कुनै पक्षले हेरेको छैन । बालबच्चाको अवस्था त्यस्तै छ । सरकारी रकमको अतोपतो छैन भनेर एक अक्षरसम्म नजान्ने उनकी श्रीमतिले पत्रकार सम्मेलन गरेरै भनिन् ।
घरमा कोही लेखपढ गर्ने सक्ने छैन । घरको आर्थिक अवस्था मागेर खाने छ । अव उनको परिवारको जिम्मेबारी यिनै समाजले बहन गर्नु पर्ने देख्छु । उनका बालबच्चालाई पढाउने जिम्मेबारी हाम्रै हो । त्यसैले सार्वजनिक रुपमा सहयोगका लागि अपील गर्दछु । साभार : हुलाकी न्यूज

प्रकाशित मिति: May 8, 2016

प्रतिक्रिया दिनुहोस्