Logo
७ बैशाख २०८१, शुक्रबार
(May 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले मात्र झुठको खेती गरेको भारतको निष्कर्स

काठमाडौ । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको भारत स्थित मध्यप्रदेशको उजैनमा जारी सिंहस्थ कुभ्भ मेला भ्रमणको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले झुठो बोलेको निष्कर्स भारतले निकालेको छ ।
प्रधानमन्त्री केपिशर्मा ओलीले एक टेलिभिजन कार्यक्रममा राष्ट्रपतिको भारत भ्रमणको समय निश्चित भई नसकेको दावी गर्दै त्यस विषयमा कुराकानी भईरहेको अवस्थामा भ्रमण स्थल उज्जैनमा प्राकृतिक प्रकोप आएकोले भ्रमण स्थगित गरिएको उल्लेख गरेका थिए ।
नेपालकी राष्ट्रपतिको भारत भ्रमण अचानक स्थागित हुनु र प्रधानमन्त्री ओलीले स्थगनको कारणबारे दिएको स्पष्टिकरणको विषयमा नयाँ दिल्लीमा भारतीय विदेश मन्त्रालयको साउथ ब्लकमा गंभिर छलफल भएको हो । 
छलफलले नेपालको आग्रहमै राष्ट्रपतिको भारत भ्रमणको मिति तय भएर २७ गते नयाँ दिल्ली आउने र त्यसपछि मध्यप्रदेश जाने तर नेपालपक्षको आग्रहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ताको समय तालिका समेत तय गर्ने प्रयास भईसकेको भनी प्रचार गर्नू अनि फेरी नेपालका प्रधानमन्त्रीले त्यस्तो नभएको बताउनु यो सबै झुठको खेति भएको भारतको निष्कर्स रहेको छ । 
धार्मिक भ्रमणलाई राजकिय भ्रमण बनाउने प्रयास भएको तर त्यसमा समय लाग्ने भएकोले भ्रमण अचानक स्थगित गराएको भारतीय विदेश मन्त्रालयका अधिकारीहरुको दावी रहेको छ । उक्त अधिकारीहरुले नेपाल सरकारले झुठो विवरण प्रस्तुत गरेको निष्कर्स निकालेको स्रोतले जनाएको छ । 

प्रकाशित मिति: May 9, 2016

प्रतिक्रिया दिनुहोस्