Logo
१२ जेष्ठ २०८२, आईतबार
(May 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार आफैँले अब द्रुतमार्ग बनाउने

काठमाडौँ । लामो समयदेखि चर्चा र परिचर्चामा रहेको काठमाडौँ-तराईर-मधेस द्रुतमार्ग नेपाल सरकार आफ्लेले निर्माण गर्ने भएको छ ।
नेपाली सेनाले ट्रयाक खोलेको उक्त मार्ग विदेशीलाई दिइने भन्ने चर्चा चलिरहेका बेला सरकारले व्यवस्थापिका–संसद्मा आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उक्त मार्ग स्वदेशी लगानीमा नै अगाडि बढाउने कार्यक्रम अगाडि सारेको हो ।
सेती–महाकाली राजमार्गलगायतका उत्तरी र दक्षिणी सीमाका व्यापारिक नाका जोड्ने सडकको शीघ्र निर्माण गर्ने, काठमाडौँ उपत्यकामा भइरहेको सडक विस्तार कार्यलाई अगाडि बढाउने, ठूला सहरमा सडक विस्तार गर्ने, काठमाडौँ उपत्यकामा चक्रपथ भित्रका सबै सडक एक वर्षभित्र कालोपत्र गर्ने लक्ष्य सरकारको रहेको छ ।
पूर्व–पश्चिम रेलमार्ग निर्माण योजनालाई अगाडि बढाउने र रसुवागढी–काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन दुई वर्षमा तयार गरी निर्माण कार्य सुरु गर्ने, हालै मित्रराष्ट्र चीनसँग भएको सम्झौताबमोजिम नेपालले पारवहन सुविधा प्राप्त गर्ने नाका सडक स्तरोन्नति र निर्माण गर्ने तथा अरनिको राजमार्गको स्तरोन्नतिसहित तातोपानी भन्सार नाका सञ्चालन गर्ने उद्देश्य राखिएको छ ।
त्यसैगरी, डोल्पा र हुम्ला जिल्ला सदरमुकामलाई आगामी दुई वर्षभित्र सडक सञ्जालमा जोड्ने र सबै गाविसमा सडक सञ्जाल जोड्ने सरकारको लक्ष्य छ ।

प्रकाशित मिति: May 9, 2016

प्रतिक्रिया दिनुहोस्