Logo
१५ बैशाख २०८१, शनिबार
(May 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महतोरीमा प्रचण्डले फेरि भने, मैले लभ गर्ने मधेशलाई नै हो, भिलेन पस्न दिन्न’

महोत्तरी  । एमाओवादी अध्यक्ष प्रचण्डले मधेससँग ‘लभ’ परेको कुरा एकपटक पुनः दोहोराएका छन् । सिराहामा केहि वर्ष अगाडी मधेश लभ भन्दै बोले पछि त्योबेला निकै चर्चित बनेको थियो । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को सातौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्न महोत्तरी पुगेर प्रचण्डले पुनः मधेश लभ भन्दै दोहोराएका हुन ।
कार्यक्रममा बोल्दै उनले भने, ‘मधेसी जनतासँग अझै मेरो लभ छ । मेरो प्रेमिकालाई कसैले लैजान खोजे चित्त बुझ्दैन ।’ उनले मधेसमा ठूला दलाल र पूँजीपति घुसेको तर्फ इंगित गर्दै भने, ‘मधेस आन्दोलन सर्वहारा वर्गको नेतृत्वमा भयो भने मात्र सफल हुन्छ । तर, ठूला दलाल र पूँजीपति मधेसी जनतालाई ठगेर सामन्तीले दलालले नेतृत्व गर्ने डर छ ।’
अध्यक्ष प्रचण्डले विगतमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र ११ प्रदेशमा सहमति हुँदा मधेसी दलहरु नै पछाडि हटेका कारण सहमति लावारिस भएको स्मरण गराए । ‘हिजो सहमति हुँदा पछि हट्ने र आज विभिन्न कुरा राखेर आन्दोलन गर्ने रु यो कतिको जायज हो रु,’ प्रचण्डले प्रश्न गरे ।
उनले संविधान नै नबन्ने खतरा बढेका कारण केही कुरा त्याग गरेर भए पनि संविधान जारी गरेको स्पष्ट पारे । ‘बरु तराईमा कल्स्टर मिलेको प्रदेश छ । पहाडमा त्यो पनि छैन । त्यही भएर प्रदेशको सीमाकंनको विषयमा मधेसी जनता त्यति अन्यायमा परेका छैनन्,’ उनले भने ।
फरक प्रशंगमा उनले आफ्नो ध्यान प्रधानमन्त्री भन्दा पनि राष्ट्रिय सहमितमा भएको कारण राष्ट्रिय सहमतिको सम्भावना नहुँदा प्रधानमन्त्री बन्न अस्वीकार गरेको प्रष्ट पारे । यद्यपि, जिम्मेवारी आए त्यसबाट पछि नहट्ने बताए । उनले अहिले सबै दलहरुबीच राष्ट्रिय सहमति आवश्यक रहेको कुरामा जोड दिएका थिए । पत्रकार सुदिपकुमार झाको सहयोगमा 

प्रकाशित मिति: May 9, 2016

प्रतिक्रिया दिनुहोस्