Logo
२३ असार २०८२, सोमबार
(May 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयोजक मदन भण्डारी एकेडेमीको विजयी सुुरुवात

मोरङ्ग ।  मोरङ्गको उर्लाबारीस्थित प्रस्तावित रंगशालामा सोमबार सुरू पाचौँ संस्करणको मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकप फुटबल प्रतियोगितामा आयोजक मदन भण्डारी एकेडेमीले विजयी सुुरुवात गरेको छ। 
उसले राष्ट्रिय जागृति क्लब इटहरीलाई ३–१ गोल अन्तरले पराजित गर्यो। झापा–११ फुटबल क्लबका कर्ण लिम्बू मैदानमा उतारेको आयोजकलाई उनले दुई गोलको योगदान गरे। 
खेलको १७ औँ मिनेटमा बुद्ध चेम्जोङको पासलाई सदुपयोग गर्दै लिम्बूले आयोजकको तर्पmबाट गोल गरी टिमलाई १–०को नतिजा दिलाए। 
लिम्बूको गोलबाट हौसिएको आयोजकले २१ औँ मिनेटमा गोल गर्ने अवसर प्राप्त गरे पनि जागृतिका गोल रक्षक विशाल श्रेष्ठले बिफल पारिदिए। कर्ण लिम्बू, विजय धिमाल, दीपक राईसहित मैदानमा उत्रिएको आयोजक टिमले पहिलो हाफसम्म जागृतिलाई दबाबलाई राख्न सक्यो।
दोस्रो हाफको आठौँ मिनेटमा कर्ण लिम्बूको पासलाई सदुपयोग गर्दै आयोजकका टिमका कप्तान सन्तोष न्यौपाने अर्को गोल गर्दै आफ्नो टिमलाई २–० को नतिजा दिलाए। मंगलबारको खेल नेपाल पुलिस क्लब काठमाडौँ र बिआरसी भुटानबीच हुने आयोजक समितिका सचिव रुद्रबहादुर तामाङले जानकारी दिए। 

प्रकाशित मिति: May 9, 2016

प्रतिक्रिया दिनुहोस्