Logo
१५ चैत्र २०८०, बिहीबार
(May 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राहुल गान्धीलाई हत्या गर्ने धम्की, सरकारले बढाए सुरक्षा

काठमाण्डौ । भारतीय काँग्रेस पार्टीका उपाध्यक्ष राहुल गान्धीलाई हत्याको धम्की आएको छ । सो धम्कीसगै अचानक राहुल बिरामी परेपछि उनले दक्षिणी भारतको भ्रमण पनि रद्द गरेका छन । 
गान्धी भारतको प्रतिपक्षी दल काँग्रेसका दोस्रो वरियताका नेता हुन । उनको पडुचोरी, तामिल नाडु, केरला लगायतका दक्षिणी भारतीय क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको थियो । 
सोमबार राति सो धम्की आएको र त्यसपछि सरकारले पनि उनको सुरक्षा बढाएको बतायएको छ । तर यो सगै उनी बिचमै बिरामी परेपछि उनको सबै भ्रमणका कार्यक्रम समेत रद्द भएको भारतिय संचारमाध्यमहरुले जनाएको छ । 
उहाँ यही मे १६ मा हुन गइरहेको स्थानीय निर्वाचनका लागि ती क्षेत्रहरुमा जाने उनको कार्यक्रम तालिका रहेको थियो । 
उनले स्वयंले टवीट गरेर आपूmलाई ज्वरो आएकोले सो भ्रमण रद्द गर्नुपरेको बताएका छन । भारतीय गृहमन्त्री राजनाथ सिंहले भारत सरकारले उनको भ्रमणका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिएका छन । 

प्रकाशित मिति: May 10, 2016

प्रतिक्रिया दिनुहोस्