Logo
८ बैशाख २०८१, शनिबार
(May 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक्सक्लुसिभ: नयाँ राजदूत बन्न प्रदिप ज्ञवालीदेखि राम कार्की,नन्दन दत्त र प्रभु शाहसम्मको दौड


काठमाण्डौ । सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरे लगत्तै सत्ताधारी दल एमाले र एमाओबादीका नेताहरुको कुदाकुदँ सुरु भएको छ । 

चार वर्षमध्ये एक वर्ष ५ दिन मात्र कार्यकाल बित्दा सरकारले गम्भिर आरोप लगाउँदै दीपकुमार उपाध्यायलाई फिर्ता बोलाए पछि एमालेका प्रदिप ज्ञवाली देखि एमाओबादीका राम कार्की, नन्दन दत्त र प्रभु शाहसम्मले भारत राजदूत बन्नका लागि दौड चलाएको बुझिएको छ । 
राम कार्कीले यस अघि पनि एग्रिमो नपाएकाले उनको बिकल्पमा मधेसी समुदायका नेता नन्दन दत्त र प्रभु शाहलाई समेत अगाडि सारेको हो । मधेसी समुदायका यी ब्यक्तीलाई सार्दा भारत खुसी हुन्छ की भन्ने एमाओबादीको बुझाई छ । 
नन्दन दत्तको पहिले मधेसी जन अधिकार फोरमबाट एमाओबादीमा प्रवेस गरेका नेताहुन् । उनको अहिले भारतिय राजदुताबासमा राम्रो सम्बन्ध रहेको मानिन्छ भने शाह विवादित नेताकारुपमा चिनिन्छन् ।  त्यसो त उपाध्ययलाई फिर्ता बोलाइएपछि रिक्त भारतीय राजदूत पदका लागि अन्य आकांक्षीहरु झै पुर्वगृहमन्त्री माधव घिमिरेले पनि निकै चर्को दौडधूप चलाएका छन् । 
प्रधानमन्त्री ओली भने प्रदीप ज्ञवालीलाई दिल्ली पठाउने सोँचमा बनाइरहेको बताइन्छ । त्यसो त एमाओबादीबाट जो सुकै भए पनि भारतले एग्रिमो नदिने छनक पाए  पछि भारतसगँ राम्रो सम्बन्ध बनाएका एमालेका ज्ञवालीलाई नै ओलीले भारतका लागि नेपाली राजदूत बनाएर पठाउने तयारी गरेका छन्।

प्रकाशित मिति: May 11, 2016

प्रतिक्रिया दिनुहोस्