Logo
१३ आश्विन २०७९, बिहीबार
(May 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुरुरताको पराकाष्टा :सामुहिक बलात्कारपछि यौणाङ्ग काटियो

न्यूज अप्रेशन, दाङ । तुलसीपुरमा एक जना किशोरीको सामुहिक बलात्कार भएको प्रहरीले बताएको छ । दाङको तुलसीपुर  नगरपालिका १९ कटाँहामा १८ वर्षीया युवतीलाई बलात्कार पछि धारिलो औजार वा व्लेडले योनी काटेको प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 
उनको योनी व्लेड वा धारिलो औजारले काटेको देखिएको र त्यसबाट उनको अत्याधिक रक्तस्राव भएको जानकारी उपचारमा सम्लग्न चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । १५ गते राति घरमा सुतिरहेकी किशोरीलाई अपरिचित युवाहरुले ब्लात्कार गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी कृष्ण प्रसाँईले जानकारी दिए । 
प्रहरीले किशोरीले पहिला आफ्नो प्रेमीलाई घरमा प्रवेश दिएपछि अन्य यूवाहरु पनि घुसेको हुन सक्ने र उनीहरुलेनै बलात्कार गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । त्यही क्रममा किशोरीले प्रतिरोध गरेपछि युवाहरुले व्लेड वा धारिलो औजारले उनको यौनी चिरेको हुन सक्ने आशंका व्यक्त गरेको छ । 
घटनाको १४ दिन पछि मात्रै किशोरीको बलात्कार भएको पुष्टि भएको प्रहरीले बताएको छ। ल्याव परीक्षणको रिपोर्ट आउन समय लागेकोले घटना ढिलागरी सार्वजनिक गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले बलात्कार भन्दा पनि अवैद्य गर्भ फाल्न ती किशोरीले औषधी खाँदा बढी ब्लडिङ भएको हुन सक्ने आशंका व्यक्त गरेको थियो। 
तर किशोरीका बाबु भारतवाट आएर आफ्नी छोरीमाथि बलात्कार भएको किटानी जाहेरी दिएपछि प्रहरीले स्थानीय एकजना युवालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । अनुसन्धानबाट ती किशोरीको सामुहिक बलात्कार भएको खुल्न आएको ईप्रका  तुलसीपुरका प्रमुख प्रसाँईले जानकारी दिए । 
१५ गते मध्यरातमा १८ वर्षीया किशोरी माथि सामुहिक बलात्कार गरेको खबर पाएलगतै प्रहरीले ती युवतीको उद्धार गरी राप्ती अञ्चल अस्पतालमा लामो समय उपचार गराएको थियो । 

प्रकाशित मिति: May 11, 2016

प्रतिक्रिया दिनुहोस्