Logo
१३ बैशाख २०८१, बिहीबार
(May 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोजभतेरमा सगै तर एकै ठाउँ बस्दैनन पारस-हिमानी, यस्तो पो छ त कहानी !


काठमाडौं । पारिवारिक कलहले लामो समयसम्म छुट्टिएर बसेका पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह गत चैत २० गते एउटा विवाह भोजमा सँगै देखिएका थिए। स(परिवार भोजमा देखिएका उनीहरू एकै ठाउँमा बसोबास भने हुन सकेको छैन।
पारसकी फुपु शोभा शाहीको छोरा हमिमबानको विवाह समारोहमा बाबु ज्ञानेन्द्र, मुमा कोमल, पत्नी हिमानी र छोराछोरीसँगैको फोटो सार्वजनिक गरिएको थियो। त्यसैगरी नयाँ वर्ष २०७३को शुभकामना दिने क्रममा पारससहित सबै परिवारको फोटोसहित कार्ड बाँडिएको थियो। तर करिब १३ महिनाअघि थाइल्याण्डबाट नेपाल फर्किएका पारस र हिमानीबीच अहिलेसम्म सँगै बसोबास नहुनुलाई सबैले अचम्म मान्न थालेका छन्।
पूर्वयुवराज अहिले सुनाकोठीस्थित आलिसान महलमा बसोबास गर्न थालेका छन्। फुपु शोभा शाहीका छोरा अवकास प्राप्त प्रमुख सेनानी विकास शाहीको घरमा धीरेन्द्रकी माहिली पुत्री शिताष्मासँगै बस्न थालेका छन्।
समाचार आजको नेपाल समाचार पत्रमा छ । फाइल-तस्बिर 

प्रकाशित मिति: May 12, 2016

प्रतिक्रिया दिनुहोस्