Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कस्ले गर्ने यस्तालाई कारबाहि ! नानक मठमा भाक्सिनको यस्तो आतंक !

काठमाडौं । गुठी संस्थानद्धारा संचालित स्रोहखुट्टे र बालाजुको बिचमा रहेको प्राचिन उदासीन गुरु नानक मठ गुठीमा केहि महिनादेखि एक समुहले आतंक मच्चाएको छ ।
सो समुहले गुठीमा खुकुरी, तरवार समेत प्रदर्शन गरि गुठीमा रहेका गुरु र शिष्यहरुलाई तर्साउने, धम्क्याउने गर्दै आएको छ । 
गुण्डा, बन्दुक र पेस्तोलको सम्म धम्की दिँदै  भाक्सिन समुहले आतंक मच्चाएपछि त्यहाँ बस्ने गुरु नेममुनि महाराज महन्त र शिष्यहरु त्राहीमाम भएका छन् । आफुसँग पुलिस प्रशासन, गुण्डा रहेको भन्दै सो समुहले तर्साएको हो ।
स्रोहखुट्टे स्थित प्रहरी वृतका तल्लो तहका प्रहरी कर्मचारीहरुलाई हातमा लिएर भाक्सिन समुहले गुठीमा आतंक मच्चाएको हो । गुठीका महन्त नेममुनि उदासीन एक्लै रहेको बेलामा केहि गुण्डाहरु लगेर तरवार लगायतका हातहतियार समेत प्रदर्शन गरेर तर्साउने गरेको बुझिएको छ ।
यस सम्बन्धमा बुझ्न आएका प्रहरीहरुले उल्टै महन्तलाई नै धम्क्याउने गरेको गुठीमा नियमित रुपमा सत्सङ्ग गर्न आउने एक महिलाले बताइन ।
अपराधिक क्रियाकलापको नेतृत्व सरदार भाक्सिनले गर्ने गरेका छन् । त्यसो त उनले मठका अर्का भक्त तथा स्थानिय प्रभुराम श्रेष्ठलाई समेत बारम्बार थर्काउने, धम्क्याउने गर्दै आएका छन् ।  
यस्तो अनैतिक क्रियाकलापमा सक्रिए हुँदै आएका उनलाई साथ दिनेमा नेपाल प्रहरीका पुराना डिआईजी शैलेन्द्रप्रताप सिंह समेत सक्रिए छन् ।
मठ तथा गुठीमा आतंक फैलाउने , सरकारी जग्गा हड्प्न चोचोमोचो मिलाउनेलाई नै कहिले कानुनले समात्छ चिन्ताको विषय बनेको छ ।  
आफुलाई पुर्व डिआईजी, विशेष प्रहरीको चिफ, अध्यक्ष महाप्रबन्धक बताउने  शैलेन्द्रप्रताप सिंह भाक्सिन समुहसँग मिलेर केहि रकम हात पारी नुनको सोझो गर्न उनी उतै लागेको समाचार स्रोतले बताएको छ ।
कानुनको खिल्ली उडाउँदै खुलेआम रुपमा सोझा र सरल महन्तलाई कब्जामा पारी नेपाल सरकार अन्र्तगत रहेको गुठीको सो जग्गा माथि राज गर्न कस्सिएको भाक्सिन समुहमा पुर्व डिआईजी शैलेन्द्रप्रताप सँगै एस।के। आनन्द, दलजीत लगायतका व्यक्तिहरु रहेका छन् ।
त्यसो त उक्त मठ प्रचिनकाल देखि हिन्दु परम्परागत रुपमा चल्दै आएको हो तर मठको नाममा गुरु नानक भएको भन्दैमा सो समुहँले अनाहेकमा दुख दिने गरेको छ । खबर आजको अभियान टाइम्स साप्ताहिकमा छ ।

प्रकाशित मिति: May 12, 2016

प्रतिक्रिया दिनुहोस्