Logo
६ बैशाख २०८१, बिहीबार
(May 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अप्रेशन फोकस : गल्ती गरेरपनि ट्राफिक प्रहरीलाई नै हप्काउने सरकारी हाकिमको कत्रो फूर्ती !

न्यूज अप्रेशन, काठमाण्डौ । जनताको राजश्वबाट तलब सुबिधा पाएका कर्मचारी कस्तो हुनु पर्छ । तपाईले सोचेँ भन्दा फरक छन् राज्यका कर्मचारी । 
अझ यो घटनाले त प्रष्टै पार्छ सरकारी कर्मचारीको फुर्ति कस्तो हुन्छ भनेर । माथिल्लो तहका कर्मचारीले तल्लो तहका कर्मचारीलाई कस्तो ब्यावहार गर्छन त्यो पनि थप जानकारी हुने छ तपाई लाई आज ।
घटना भएको स्थान हो काठमाण्डौको शान्तिनगर गेट अगाडिको । एक सरकारी कर्मचारी र ट्राफिक प्रहरी बिचको संवादको शैलीले आम सर्वसाधारण छक्क परे ।
एक सरकारी कर्मचारी वन वे बाट आएपछि ट्राफिक प्रहरीले समात्यो साथ साथै ४/५ वटा अरुपनि मोटरसाईकल समात्यो । 
केहि समय मोटरसाईकल वाला र ट्राफिक प्रहरी विच डिस्कस भयो । पुन ३/४ जना ट्राफिक र ३ जना प्रहरी पनि आए ।
सरकारी मोटरसाईकलवालासँग लाईसेन्स रहेनछ । अन्तमा उक्त मोटरसाईकल वालाको आईडी प्रहरीले लियो । त्यसपछि उक्त व्यक्ति एकाएक बम्कन थाल्यो म सरकारी कर्मचारी हुँ ।
यो मोटरसाईकल लैजा मेरो आईडी पनि लैजा तर तीमिहरुले भोली मेरो अफिसमा सर सर भन्दै ल्याउनु पर्छ । म को हुँ त्यतिखेर थाहा पाउलास् भने पछि प्रहरीले उसलाई जान दिने भयो । आम नागरिक जिल्ल परे ।

प्रकाशित मिति: May 12, 2016

प्रतिक्रिया दिनुहोस्