Logo
६ बैशाख २०८१, बिहीबार
(May 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्विट गरेर भारतीय दूतावासले गरे कान्तिपुर समाचारको खण्डन !

काठमाडौँ । नेपाल र भारतको सम्बन्धमा नै असर पुर्‍याउन सक्ने भन्दै नेपालस्थित भारतीय दूतावासले कान्तिपुर राष्ट्रिय दैनिकमा आज प्रकाशित समाचारको खण्डन गरेको छ।
दूतावासले आफ्नो आधिकारिक ट्विटरबाट तीन वटा ट्विट गरी गरिएको खण्डनमा पहिलो ट्विटमा कान्तिपुरको समाचारलाई पीत पत्रकारिताको आरोप लगाइएको छ। 
दोस्रो ट्विटमा यो समाचारले विवाद उत्पन्न गराउने दुष्ट प्रयास गरेको उल्लेख छ। तेस्रो ट्विटमा पाठकहरु आम सञ्चारबाट राम्रो सामाग्रीको हकदार रहेको  उल्लेख छ। 
दूतावासले भारतीय दूतावासका डेपुटी चिफ अफ मिसनको भ्रमणमा राजनीतिक विषयमा कुनै कुराकानी नभएको र भेटघाट सप्तरीमा भारतीय सहयोगमा सञ्चालित परियोजनाहरुमा केन्द्रित रहेको स्पष्टीकरण दिएको छ। 
के थियो त कान्तिपुरको समाचारमा ?
राजविराजबाट अवधेशकुमार झाको बाइलाइनमा छापिएको कान्तिपुरको समाचारमा प्रमुख १० बुँदा यस्ता छन‍् । 
१. काठमाडौंस्थित भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन विनयकुमारले मंगलबार राति राजविराजको एक निजी इन्स्टिच्युटमा मधेसवादी दलका नेताहरूलाई भेटे।
२. नेपाल–भारत मैत्री संघद्वारा बुधबार आयोजित पाठेघर र स्तन क्यान्सर परीक्षण शिविर उद्घाटनका लागि मंगलबार साँझ आएका विनयकुमार होटल डिलक्समा बास बसेका थिए । त्यहाँ केहीबेरको आरामपछि राजविराज ८ स्थित छिन्नमस्ता एजुकेसनल एकेडेमी छिरेका थिए।
३.  त्यहाँ झन्डै दुई घण्टाको बसाइका क्रममा उनले अन्य व्यक्तिसँगै मधेसकेन्द्रीत दलका केन्द्रीय र स्थानीय नेतासित छुट्टै गोप्य छलफल गरेको सहभागीले जानकारी दिए । उनीसँग मधेसी मोर्चा सप्तरीका संयोजक गजेन्द्र मण्डल, राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष शेखरकुमार सिंह, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा राजनीतिक समिति सदस्य शैलेन्द्रप्रसाद साह, वयोवृद्ध मधेसी नेता खुसीलाल मण्डल, तराई मधेस सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादवलगायतले भेटेका हुन् ।
४.  भारतीय अधिकारी र दलका नेताबीच भेटको तारतम्य छिन्नमस्ता एजुकेसनल एकेडेमीका सञ्चालक शैलेन्द्रमोहन झाले मिलाएका थिए । उनी भारतीय दूतावास निकटस्थ मानिन्छन् । नेपाल–भारत मैत्री संघ केन्द्रीय सदस्यसमेत हुन्।
५.  भेटमा सहभागी एक नेताका अनुसार भारतीय अधिकारीले जिल्ला केन्द्रित आन्दोलनभन्दा पनि राजधानी केन्द्रित आन्दोलनले सरकारलाई धक्का पुग्ने भएकाले संघीय गठबन्धनले आह्वान गरेको आन्दोलनमा अत्यधिक सहभागिता बढाउन आग्रह गरेका थिए । ‘आन्दोलन तपाईंहरूको अधिकारका लागि हो भने प्राप्ति नहुन्जेलसम्म लाग्नुस्,’ एक नेताले भारतीय अधिकारी विनयकुमारको भनाइ उद्धृत गरे, ‘राजधानी केन्द्रित आन्दोलनमा सहभागिता बढाउनुस्, जसले राज्यलाई माग पूरा गराउन बाध्य पार्नेछ ।’
६.  मधेस केन्द्रित दलका नेतासित भेटेका भारतीय अधिकारीलाई भेट्न राजविराज ८ स्थित छिन्नमस्ता एजुकेसनल एकेडमीमा जिल्लास्थित सरकारी अधिकारीहरू लस्करै पुगेका थिए। विदेशी कूटनीतिज्ञलाई भेट्नुपर्दा परराष्ट्र मन्त्रालयसित समन्वय गरेर मात्र जानुपर्ने प्रावधानसमेत बिर्सेर निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, जिल्ला प्रहरी प्रमुख एसपी भीम ढकाल, सशस्त्र प्रहरी उपरीक्षक दमन थापा, नेपाली सेनाका कर्णेल भुवनेश्वर आचार्यसहितका सुरक्षा निकाय प्रमुख पुगेका थिए।
७. कूटनीतिज्ञसित भेट्दा परराष्ट्र मन्त्रालयसित समन्वय गर्नु पर्दैन भन्ने प्रश्नमा निमित्त प्रजिअ अर्याल आवाक भए । उनले भने, ‘खै गर्नु त पथ्र्यो, समन्वय परराष्ट्रसित गरिएन । मलाई त सीडीओ सा’बले भन्नुभयो र गएर भेटें । अरू केही कुराकानी भएन ।’ #पहिलोपोष्ट डटकम

प्रकाशित मिति: May 12, 2016

प्रतिक्रिया दिनुहोस्