Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिके राउतको अन्तरवार्ता प्रसारण गरेकोले एबिसी टिभीलाई क्षमायाचना गर्न निर्देशन

न्यूज अप्रेशन, काठमाडौं । मिडियालाई अनुगमन, नियन्त्रण तथा कार्यवाही सम्म गर्न सक्ने हैसियत रहेका प्रेस काउन्सिलले छुटै मधेशका अभियन्ता डा. सिके राउतको अन्तरवार्ता प्रशारण गरेकाले आमजनतासमक्ष क्षमायाचना गर्न एबिसी टिभीलाई निर्देशन दिएको छ । 
काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बिहिबार बसेको सो निर्देशन दिएको हो । गत चैत्र १७ गते एविसी टेलिभिजनको एबिसी वाच नामक कार्यक्रममा प्रशारित सिके राउतसँगको अन्तर्वार्ताले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सामाजिक सद्भावमा खलल् पुगेको र पत्रकार आचारसंहिताको गम्भीर उल्लंघन भएको ठहर काउन्सिलको छ ।
एबिसी टेलिभिजनबाट प्रसारित सामग्रीको चर्को विरोध भएपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाउदै ३ तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन गरेको थियो ।
उक्त टेलिभिजनबाट अन्तर्वार्ता दिने व्यक्ति नै जिम्मेवार हुनुपर्ने भन्दै जुनसुकै प्रकृतिको विचार र अभिव्यक्ति प्रसारण गर्न पाउनुपर्ने जवाफलाई प्रेस काउन्सिल नेपालले अस्वीकार गरेको छ । फाइल तस्विर 

प्रकाशित मिति: May 12, 2016

प्रतिक्रिया दिनुहोस्