Logo
१५ चैत्र २०८०, बिहीबार
(May 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालका लागि छिमेकी मुलुक चिनले सुरु गरियो रेलसेवा

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा भएको पारवहन सम्झौता अनुसार चीनले नेपालका लागि रेलबाट उपभोग्य सामाग्री ढुवानी शुरु गरेको छ । 
काठमाडौंका लागि दैनिक उपभोग्य तथा अन्य व्यापारिक सामान बोकेर चीनको उत्तर पश्चिमी प्रान्त गान्सुको राजधानी लान्झोउबाट बुधबार अपरान्ह मालवाहक रेल छुटेको हो । 
लान्झोउबाट सामान बोकेर छुटेको मालवाहक रेलको अन्तिम गन्तब्य काठमाडौं हो । तर यो रेलले चीनकै स्वशासित क्षेत्र तिब्बतको सिगात्सेमा आएर सामान खसाल्नेछ । 
काठमाडौंका लागि सामान बोकेर आएको रेलले सिगात्सेमा सामान झारेपछि त्यहाँबाट सडकमार्ग हुँदै उपभोग्य तथा व्यापारिक सामान काठमाडौं आइपुग्नेछ । 
चीनको लान्झोउबाट छुटेको सामान तीन चरण पार गर्दै १० दिनमा काठमाडौं आइपुग्नेछ । लान्झोउबाट सामान बोकेको रेल दुई हजार चार सय ३१ किलोमिटर लामो बाटो छिचोल्दै सिगात्से आइपुग्नेछ । 
त्यसपछि ५ सय ६४ किलोमिटर लामो सडक छिचोल्दै सामान बोकेका कन्टेनर सिगात्सेबाट केरुङसम्म आइपुग्नेछन् । त्यहाँबाट फेरि नेपाली कन्टेनरहरुले १६० किलोमिटर लामो सडक यात्रा छिचोल्दै चीनबाट छुटेका सामान काठमाडौं ल्याइपुर्याउनेछन् ।
चीनबाट सिधै रसुवागढी नाका हुँदै काठमाडौं आइपुग्ने सामान भारतको बाटो हुँदै समुद्रबाट परम्परागतरुपमा ल्याइने समयमा भन्दा ३५ दिन चाँडो आइपुग्ने चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । 
एक पटकमा  ४३ वटा कार र ८६ वटा कार्गो कन्टेनर बोक्न सक्ने यो मालवाहक रेलले नेपालका लागि घरायसी सामान र दैनिक उपभोग्य बस्तु ओसार्ने चाइना रेल्वेका कार्यवाहक निर्देशकले बताएका छन् । 
चीनले यो सेवाको सुरुवात दुई देशबीचको सहयोग आदानप्रदानलाई अझै मजबुत बनाउनका लागि गरेको जनाएको छ । 
उसले चीनका गान्सु प्रान्त, किङ्घाई प्रान्त, तिब्बतीयन स्वयत्त क्षेत्र र नेपालसहितका दक्षिण एसियाली क्षेत्रबीचको सम्बन्ध बिस्तारका लागि यो सुरुवात गरेको पिपुल डेली चाइनाले उल्लेख गरेको छ।  
#शब्द तस्बिर : पिपुल डेली चाइन

प्रकाशित मिति: May 12, 2016

प्रतिक्रिया दिनुहोस्