शेखर कोइराला भन्छन ‘सरकारले मधेसलाई भारतीय चश्माले हेरे’
पाँचथर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकारले मधेसलाई भारतीय चश्माले हेरेकाले नै मधेश समस्या थप बल्फझेको आरोप लगाएका छन्स । बिहिबार पाँचथरमा बोल्दै उनले सरकार स्यंव नै घीयता विरोधी भएको आरोप लगाए ।
सरकारको नीति तथा कार्यक्रममा प्रदेश कस्तो बनाउने भन्ने बिषयमा मौनता देखिएकोले सरकार संघीयता कार्यान्वयनको पक्षमा नरहेको उनको भनाइ छ ।
नेपाल शिक्षक संघको २७ औँ स्थापना दिवसको अवसरमा फिदिममा आयोजित कार्यक्रममा बोल्दै कोईरालाले भने ‘सरकारले प्रदेश कस्तो बनाउने भन्दा प्रदेशमा के के गर्ने जस्ता कार्यक्रम अघि सारेको छ।
प्रदेशभित्र के के गर्ने भन्ने काम प्रदेशले गर्ने हो केन्द्रले होईन। उनले भने ‘तर सरकार प्रदेशमा यो गर्छु र उ गर्छु भनेर सस्तो प्रचारबाजी गरीरहेको छ।’ कोईरालाले भने ‘सरकारको जिम्मेवारी, काम गर्ने तरीका हेर्दा संघीयता कार्यान्वन गर्ने पक्षमा देखिएको छैन।’
हिमाल, पहाड तराईमा बस्ने सबै नेपालीनै भएपनि भारतीय चस्माबाट मधेशलाई बुझ्ने सरकारको गलत तरीका भएको उनको भनाइ थियो।