Logo
८ बैशाख २०८१, शनिबार
(May 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकमानले अहिलेसम्मकै कडा कुरा बोल्दै भने ‘नवसामन्तयुगका नाइकेहरुले लुटतन्त्र मच्चाए’


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले नवसामन्तयुगका केही नाइकेहरुले देशमा लुटतन्त्र मच्चाइरहेको आरोप लगाएका छन् । उनले नेपाली जनतालाई आश्वसनको पोको बाँडेर यस्तो लुटतन्त्रलाई जारी राखिएको तर्क समेत गरे । 
काठमाडौंमा नाइ प्रकाशनले आयोजना गरेको एक सार्वजनिक कार्यक्रममा बिहीबार बोल्दै कार्कीले राजनीतिक परिवर्तनको नाममा सत्ता चलाउनेको अनुहार परिवर्तन गरेर मात्र मुलुकको विकास सम्भव हुने भन्दै उनले लोकतन्त्र प्राप्त भएपनि आम जनताले त्यसको महसुस गर्न नपाएको बरु मुलुकमा सीमित केही व्यक्तिको बोलवाला बढेको बताए ।
खुलेर बोल्दै कार्कीले राजनीतिक दलका नेताहरुलाई अकुत सम्पति आर्जनको अभियोगमा छानविनको दायरामा ल्याउँदा भएको विरोधप्रति चर्को असन्तुष्टि जनाए ।  ‘लोकतन्त्रमा नेता र जनता सबै बराबर हुने भन्दै नेताहरुलाई छानविनको दायरामा ल्याउँदा दलहरुबाट विरोध हुनु आपत्ति जनक छ’ उनले भने ‘अख्तियारले केही समय पहिले विभिन्न राजनीतिक दलका नेताहरुलाई अकुत सम्पति आर्जनको अभियोगमा छानविनका लागि पत्र काटेको थियो तर कतिपय नेताहरुले महाअभियोग सम्मका धम्की दिए’ । 
उनले नेताहरुमा आफूलाई शासक र जनतालाई कमारो ठान्ने प्रवृत्ति मौलाएका कारण नै कानून अनुसार अगाडि बढाइएको छानविनको विरोध भएको बताए । उनले अख्तियारको छानविन चित्त नबुझे राजनीतिमा सहभागी भएर अकुत सम्पति आर्जन गर्ने तथा लुट मच्चाउनेहरुलाई कसैले पनि केहि गर्न नपाउने गरी कानून बनाएर देखाउन नेताहरुलाई चुनौति समेत दिए ।
अख्तियारका प्रमुख आयुक्त कार्कीले राजनीतिक परिवर्तनको नाममा सत्ता चलाउनेको अनुहार परिवर्तन गरेर मात्र मुलुकको विकास सम्भव नहुने बताए । उनले लोकतन्त्र प्राप्त भएपनि आम जनताले त्यसको महसुस गर्न नपाएको बरु मुलुकमा  सीमित केही व्यक्तिको बोलवाला बढेको बताए । उनले जनतालाई आश्वासनको पोको बाँडेर नवसामन्तयुगका केही नाइकेले देशमा लुटतन्त्र मच्चाइरहेको बताए ।
कार्यक्रममा ‘राष्ट्रवादी चिन्तक’ को रुपमा ८५ वर्षिय राजनीतिज्ञ तथा लेखक÷कथाकार यज्ञप्रसाद आचार्यलाई ‘नई किर्तिनिधी पुरस्कार’ र भारत सिकिमका साहित्यकार डा पुस्पा शर्मालाई ‘साहित्य रचेतक’ पुरसकार सहित जम्मा ९ जनालाई सम्मान गरिएको थियो ।  

प्रकाशित मिति: May 12, 2016

प्रतिक्रिया दिनुहोस्