Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिल्लीबाट के आयो र संकेत, किन भए पुर्वराजा ज्ञानेन्द्र गदगद !


न्युज अप्रेशन, काठमाडौं । अघिल्लो साता नेपालको राजनीतिमा सत्ता परिवर्तनको ठूलो खेल भएको खेल कहिकतै लुकेको छेन । यसैक्रममा एआओबादीका प्रचण्ड र कांग्रेसका शेरबहादुर देउवाको निकै चर्चा पनि भयो । तर दृश्य रुपमा रातारात नेपाली कांग्रेस र एमाओवादी मिलेर सत्ता परिवर्तनको नयाँ राजनैतिक समीकरण त बनाए यद्यपी, समीकरणका कुरा २४ घन्टामै पानीको फोका जस्तै भयो । 

प्रधानमन्त्री बन्ने लाइनमा रहनुभएका एमाओवादी अध्यक्ष प्रचण्डले यूटर्न गर्नुभयो । आखिर किन यस्तो भयो रु सबैमा कौतुहल छ । अहिले सम्म पनि यस्को उत्तर मिलेको छैन् ।  भित्री यथार्थ के भने पछिल्लो घटनाक्रममा धेरै कुरा पुष्टि गरेको छ । साथै नेपालमा भारतीयहरुले कसरी चलखेल गरी अस्थिरता चाहन्छन् भन्ने बुझ्न अब टाढा गइरहनुपर्दैन ।
राष्ट्रियताको चर्को नारा लगाउने एमाओवादीले दुई वर्षसम्म ओलीलाई साथ दिने पूर्व सहमति सहजै किन तोड्यो होला रु घटनाक्रम बुझ्न पछिल्लो केही राजनीतिक दृश्य हेरे प्रशस्त बाटो खुल्छ ।  भारतले पछिल्लो समय एमाओवादीलाई समेत गोटी बनाएर सरकार ढाल्ने खेल सुरु गरेको भए पनि ऊ असफल भएको छ । 
पूर्व योजनाअनुसार कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीको उपचारको निहुँमा भारत जानुभएको पुष्टि यतिखेर भएको छ । सोही समयदेखि ओली नेतृत्वको सरकार ढाल्ने योजना बनिरहेको खबर सनसनीपूर्ण भइसकेको थियो । यता एकथरी बोल्ने तर व्यवहारमा अर्कै थरी गर्ने भनी चिनिनु भएका देउवा सरकार ढाल्ने खेलमा नलाग्ने दाबी गरिरहनुभएकै थियो ।  
ओली सरकारलाई कुनै पनि हालतमा बजेट प्रस्तुत गर्नै नदिने पक्षमा भारतीय संस्थापन पक्ष र गुप्तचर एजेन्सीका अधिकारी रहेका थिए । ओली सरकारले मनमोहन अधिकारीको नौ महिने सरकारकै पालामा झैं पपुलर बजेट ल्याउन सक्ने माओवादीमा त्रास थियो । यता ओलीले चीन भ्रमणको क्रममा गरेका पारवहनलगायतका महत्वपूर्ण सम्झौताका कारण भारत चिढिएको थियो । 
ओलीलाई बजेट प्रस्तुत गर्न दिए ती सम्झौता कार्यान्वयन सहज हुने किसिमको बजेट तथा कार्यक्रम आउने भारतीय पक्षको बुझाइ हो । यही बुझाइका कारण भारतले ओलीको चीन भ्रमणदेखि नै यो सरकार गिराउने खेल सुरु गरेको थियो । परिमाण सो खेलमा भारतले कांग्रेस सभापति देउवा, एमाओवादी अध्यक्ष प्रचण्ड, अर्का नेता कृष्णबहादुर महरादेखि विघटित राजसंस्थाका नायक ज्ञानेन्द्र शाहसम्मलाई प्रयोग ग¥यो ।
यसै क्रममा भारतले स्पष्ट रुपमा नेपालमा सुरु भएको संसद् अधिवेशनमा बजेट प्रस्तुत हुनै नदिने र त्यसअघि नै नयाँ सरकार गठन गर्ने रणनीति लिएको थियो । यही रणनीतिमा प्रचण्ड र देउवा प्रयोग हुँदा पपुलर बजेटको तयारीमा रहेको सरकार ढल्ने निश्चित थियो । उता प्रमुख प्रतिपक्षी दल कांग्रेसले नै सरकारको नेतृत्व लिने तुरुप प्रचण्डतर्फ देखाएपछि उहाँ सरकारको नेतृत्व गर्न आतुर देखिनु भएको थियो ।
रातारात बनेको नयाँ डिजाइनले मूर्त रुप पाउँदै गर्दा प्रचण्ड नै प्रधानमन्त्री हुने सम्भावना बलियो छ । यसरी  नै अलमलको राजनीतिलाई लम्बाएर अस्थिर र अराजकलाई मुर्त रुप दिदैँ दलनै फेल गराउने चक्करमा भारत रहेको जानकारहरु बताउछन् । जसले गर्दा पुव राजा ज्ञानेन्द्रलाई फाइदा होस् ।  # फाइल तस्विर 

प्रकाशित मिति: May 13, 2016

प्रतिक्रिया दिनुहोस्