Logo
१५ चैत्र २०८०, बिहीबार
(May 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी गर्देछन, मधेशी मोर्चा सहितको संघीय गठबन्धनले भोलि काठमाडौंमा जनप्रदर्शन !


न्यूज अप्रेशन, काठमाडौं । आन्तरिक विवादको बावजुद पनि संघीय गठबन्धनले भोली र पर्सि काठमाण्डौमा बृहत जनप्रर्दशन गर्न लागेका छन । 
मधेशी मोर्चालाई गठबन्धनमा गाभोको भन्दै मोर्चा सहित गठबन्धनमा आन्तरिक द्धन्द्ध रहेको छ तर यसअघि नै कार्यक्रम सार्वजनिर्क भइसकेकाले गठबन्धनकै ब्यानरमा मधेशी मोर्चा असन्तुष्ट नेताहरु पनि आन्दोलन गर्न तयार भएको हो । 
गठबन्धन अन्तरगतको संयुक्त राष्ट्रिय आन्दोलनमा सहभागी हुन सबैसँग आह्वान समेत गरेको छ । गठबन्धनले शुत्रवार काठमाडौंमा पत्रकार गरी जेठ १ र २ गते काठमाडौंमा हुने आन्दोलनका कार्यक्रम र नाराहरू सार्वजनिक समेत गरेको छ । 
गठबन्धनले जारी गरेको बिज्ञप्ती अनुसार जेठ १ गते काठमाडौंको रत्नपार्कमा दिउँसो ३ बजे जनप्रदर्शन गरिनेछ । त्यस्तै, जेठ २ गते सिंहदरबार घेराउ गर्ने कार्यक्रम छ । यसका साथै गठबन्धनले आन्दोलनका नाराहरू पनि सार्वजनिक गरेको छ ।
गठबन्धनले निकालेको विज्ञप्तिमा आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण तथा अहिंसात्मक हुने जनाइएको छ । आन्दोलनमा दमन गरिए उत्पन्न हुने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी पनि गठबन्धनले दिएको छ । गठबन्धनमा मधेशी मोर्चाका ७ पार्टी सहित २९ वटा दल तथा समुहहरु आवद्ध रहेका छन ।  # फाइल तस्विर 
यस्तो छ गठबन्धनको विज्ञप्ति :

प्रकाशित मिति: May 13, 2016

प्रतिक्रिया दिनुहोस्