Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बहुमतले सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७३ / ७४ को नीति तथा कार्यक्रम व्यवस्थापिका संसदले बहुमतले पारित गरेको छ । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दए लगत्तै कार्यक्रम पारित भएको हो ।
प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा आशङ्का नगरी यसको सफल कार्यान्वयनमा जुट्न आह्वान गरेका छन् ।  उनले संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै यो सरकारले आगामी माघ ७ गते भित्र संसदीय चुनाव गराउने र उक्त चुनाव नगरेसम्म म्यादी नै भएको बताए । 
उनले भारतीय राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाइको सन्दर्भमा जवाफ दिँदै भने ‘राजदूतलाई फिर्ता बोलाउँदैमा दुई देशबीचको सम्बन्धमा कुनै फरक पर्दैन । कुनै पार्टीको सदस्य र मन्त्री भइसकेको व्यक्तिको नेपालमै आवश्यकता भएकोले मात्रै स्वदेश बोलाइएको हो ।’
प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षलगायत सबै राजनीतिक दललाई वार्ताबाटै समस्याको समाधान खोज्न आह्वान गरे । विस्तृत शान्ति सम्झौता र सङ्क्रमणकालीन न्यायलाई व्यावहारिक रुपमा अघि बढाउने कार्यमा सरकार सचेत रहेको स्पष्ट पारे ।
सांसद रामहरी खतिवडाले पहिलो संविधानसभामा एमालेको तर्फबाट सभासद भइसकेकी सपना प्रधान मल्ललाई न्यायाधीशमा नियुक्ति गरिनु हस्तक्षेप भएको बताएका थिए ।  न्यायापरिषद्ले गरेको कामकारबाहीलाई हस्तक्षेप देख्नु कतै भागवण्डा खोजिएको त हैन रुु प्रधानमन्त्रीले खतिवडालाई उल्टै प्रश्न तर्स्याए ।

प्रकाशित मिति: May 13, 2016

प्रतिक्रिया दिनुहोस्