Logo
८ बैशाख २०८१, शनिबार
(May 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महतोलाई छेउमा बसाउदै उपेन्द्रले भने ‘ओली घोडा, प्रचण्ड घाँस खुवाउने मान्छे हुन’


पढेलेखेका छैनन ओलीले ‘पुनर्लेखन’ र ‘संशोधन’ के बुझछन र ? 

न्यूज अप्रेशन, काठमाडौं । सघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रि केपि शार्मा ओलीको कडा आलोचना गर्दे उनी अनपढ भएकाले नै ‘पुनर्लेखन’ र ‘संशोधन’ को फरक नबुझेको बताएका छन । शनिवार जेठ १ गते देखि राजधानी आन्दोलनको सुरुवात गर्न लागेका मधेशी मोर्चा आवद्ध संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा भने ‘ओली पढेका छैनन ‘पुनर्लेखन’ र ‘संशोधन’ के हो कहाँ बुझछन र ?’
प्रधानमन्त्री ओलीले संसमा संविधान पुनर्लेखन हुन नसक्ने बताएको कुरा प्रति टिप्पणी गर्दै यादवले प्रधानमन्त्रीले कम पढेको हुँदा संशोधन र पुनर्लेखन नबुझेको बताए । ‘यदी उनले बुझेको भए त्यस्तो बोल्ने थिएनन,’ उनले पत्रकारसम्मेलनमा भने, ‘एक पटक तपाईंहरु नै वहाँलाई संविधान संशोधन र पुनर्लेखनको फरक छुट्याउन सोध्नुहोस् ।’ 
यादवले आन्दोलन शुरु नहुँदै सरकार अत्तालिएको र बालुवाटारमा ओलीलाई निद्रा लाग्न छाडेको बताउँदै भने, ‘वहाँ जथाभावी बोल्नुको कारण पनि त्यही हो ।  आफूहरु चाहनाले नभएर सत्तापक्षको प्रतिगामी र नश्लवादी चरित्रले गर्दा पुनः आन्दोलनमा उत्रन बाध्य भएको बताए । उनले भने ‘३६ पटक वार्ता गरियो, तर सरकार ३६ मिलिमिटर पनि संवेदनशील भएर अघि बढेन,’ यादवले भने, ’त्यसैले हामी आन्दोलनमा जान बाध्य भएका हौं । अब वार्ता होइन, आन्दोलनबाट मात्रै निकास आउनेछ ।’
ओली घोडा, प्रचण्ड घोडालाई घाँस खुवाउने 
पत्रकार सम्मेलनमा बोल्दै यादवले प्रधानमन्त्री केपी ओली घोडा र एमाओवादी अध्यक्ष प्रचण्ड ‘घोर घँसिया’ (घोडालाई घाँस खुवाउने) भएको बताएका छन् । ‘दोस्रो संविधानपछि हामीले प्रचण्डजीसँग मिलेर आन्दोलन गर्यौं । वहाँलाई विभिन्न मञ्च दिऔं । तर जब पिक प्वाइन्ट आयो उनी ओलीतिर लाग्नुभएको छ । वहाँ घोडालाई घाँस खुवाउने बन्नुभएको छ ।’ एमाओवादी नेता गोपला किँरातीतर्फ इशारा गर्दै उनले थपे, ‘अहिले किराँतीजी आन्दोलनमा सहयोग गर्न आउनुभएको छ । वहाँले पक्कै प्रचण्डजीलाई चिनेर यहाँ आउनुभएको होला ।’
राजेन्द्रलाई तानेर उपेन्द्रले नजिकै बसाए
पत्रकार सम्मेलनमा केही बेर ढिला आएका राजेन्द्र महतोलाई यादवले नजिक बोलाएर र तानेर आफ्नै नजिक बसाएका थिए । 
उनले महतोलाई आफ्नै नजिक राख्न अरु नेताहरुलाई सर्न मैकमै आग्रह समेत गरेका थिए । मधेसी मोर्चामा सँधै एकअर्काको प्रतिस्पर्धीका रुपमा हेरिएका उपेन्द्र यादव र राजेन्द्र महतोबीच शुक्रवारको पत्रकारसम्मेलनमा राम्रो ‘केमेस्ट्रि’ देखिएको थियो ।  
बैठक बहिस्कार गर्नेहरु पनि पत्रकारसम्मेलनमा उपस्थित 
गठबन्धनको संयोजक चयनको विषयमा विवाद देखिएपछि गठबन्धनको बैठक बहिस्कार गर्दै आएका तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीका नेताहरु पनि शुक्रवारको पत्रकार सम्मेलनमा उपस्थित रहेका थिए । तमलोपाका तर्फबाट हृदेश त्रिपाठी पत्रकार सम्मेलनमा उपस्थित थिए भने सद्भावनाका अध्यक्ष राजेन्द्र महतो स्वयं नै उपस्थित भएका छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुर स्वास्थ्य उपचारको लागि भारतमा रहेका छन् ।
गठबन्धनमा विवाद छैन 
गठबन्धनमा रहेको विवादबारे पत्रकारको प्रश्नमा हृदेश त्रिपाठीले जवाफ दिँदै त्यस्तो समाचार गलत भएको बताए । उनले गठबन्धन संगठीत भएर अघि बढेको जिकिर गर्दै कुनै विवाद नभएको बताएका छन् । ‘कोही बिरामी भएर बैठकमा गएन भन्दैमा विवाद हुँदैन,’ उनले भने, ‘हामी सबै मिलेर आन्दोलन गर्छौं ।’ 
शनिवार जेठ १ गते देखि  मधेसी, आदिवासी र जनजाति पार्टीहरुको गठबन्धनले शुरु गर्न लागेको संयुक्त राष्ट्रिय आन्दोलनको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अहिलेको राजनीतिक गतिरोधको मुख्य जिम्मेवार सरकारनै रहेको अरोप लगाए । गठबन्धनले आजदेखि काठमाडौंमा जनप्रदर्शन गर्दै छ भने जेठ २ गते सिंहदरवार घेराउको कार्यक्रम तय गरेको छ । 
सरकारको तर्फबाट आन्दोलनलाई हिंसात्मक मोड दिने प्रयास हुनेबारेमा आफूहरु सचेत रहेको बताउँदै आन्दोलनमाथि दमन गरी बल प्रयोग गरेमा यस कारण देशमा दीर्घकालिन संघर्ष र गृहयुद्धको स्थिति सृजना हुने चेतावनी समेत पत्रकार सम्म्लनमा बाडिएको विज्ञप्ति मार्फत जानकारी दिइएको छ । संघीय गठबन्धनमा मधेसी मोर्चामा आबद्ध ७ दलसहित जम्मा २९ दल÷समुहको सहभागीता रहेका छन् । 
गठबन्धनमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल, सङ्घीय जनमुक्ति पार्टी, थरुहट तराई पार्टी नेपाल, नेपाल सद्भावना पार्टी,फोरम (गणतान्त्रिक), नेपाः राष्ट्रिय पार्टी, सङ्घीय लिम्बूवान पार्टी नेपाल, सामाजिक लोकतान्त्रिक पार्टी नेपाल, आदिवासी जनजाति पार्टी नेपाल, लोक दल, लोकतान्त्रिक पार्टी नेपाल, बहुजन समाज पार्टी नेपाल, लिम्बूवान संयुक्त सङ्घर्ष समिति, खसान राष्ट्रिय संयुक्त सङ्घर्ष समिति, शेर्पा राज्य संयुक्त सङ्घर्ष समिति, नेवाः स्वायत्त राज्य मंका सङ्घर्ष समिति, ताम्सालिङ संयुक्त सङ्घर्ष समिति, तमुवान संयुक्त सङ्घर्ष समिति, थरुहट संयुक्त सङ्घर्ष समिति, संयुक्त मगरात मञ्च, संयुक्त दलित अधिकार मञ्च, लिम्बूवान मुक्ति मोर्चा नेपाल आबद्ध छन् ।
आन्दोलनमा एमाओवादी नेताको समर्थन 
यसैबीच, मधेसी र जनजाति पार्टीको संघीय गठबन्धनले गर्न लागेको काठमाडौं केन्द्रीत आन्दोलनमा एमाओवादी नेता गोपाल किराँतीले समेत समर्थन जनाएका छन् । शुक्रबार गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा किराँती पनि उपस्थित भएर ऐक्यबद्धता जनाएका हुन् । 
यसअघि पनि किराँतीले पटक–पटक मोर्चाका नेताहरुलाई भेटेर आन्दोलनको बारेमा छलफल गरेका थिए । एमाओवादी स्थायी कमिटी सदस्य गोपाल किराँतीले किराँत संघर्ष समितिबाट गठबन्धनको काठमाडौंकेन्द्रित आन्दोलनमा सक्रिय सहभागी हुने बताइएको छ । 

प्रकाशित मिति: May 13, 2016

प्रतिक्रिया दिनुहोस्