Logo
११ बैशाख २०८१, मंगलबार
(May 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुरेभावर पार्टीले मधेसी मोर्चाको आन्दोलनलाई प्रतिकार गर्ने, त्यसका लागि प्रशिक्षण

काठमाडौं । खासै कुनै जनअधार नरहेको चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल नमक एक एक पार्टीले मधेशी मोर्चा सहित सघिय गठबन्धनले गर्ने भनिएको राजधानी केन्द्रित आन्दोलनलाई प्रतिकार गर्ने चेतावनी दिएको छ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका दलहरू आबद्ध संघीय गठबन्धनले काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाइरहेको बेला चुरे भावरले उपत्यका स्तरीय कार्यकर्ता प्रशिक्षणमार्फ उक्त चेतावनी दिएको हो। सो गोप्य प्रशिक्षण कार्यक्रममा चुरेभावर पार्टीका शान्ति सेनाले पनि सुरक्षा दिएका थिए।
प्रशिक्षणमा करीव साढे तीनसय अगुवा कार्यकर्ता उपस्थित रहेका छन्। प्रशिक्षणमा सहभागी अगुवा कार्यकर्ताकालाई निर्देशन दिँदै चुरेभावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले अनिश्चितकालीन बन्द, हड्ताल, घेराबन्दीका कार्यक्रम कुनै पनि राजनीतिक दल वा संघस्थाले ल्याएमा त्यसको प्रतिकार गर्ने बताए।
‘जनतालाई दुःख दिने कार्यक्रमको हाम्रो पार्टीले सधै विरोध गर्दै आएको छु, न्यौपानेलाई उद्यृत गर्दै सहभागीले भने, चुरे भावर क्षेत्रको मात्रै होइन, राजधानीका जनताको साथमा चुरेभावर पार्टी छ, देश र जनताविरुद्ध हुने कुनै पनि कार्यक्रमको हामी कडा विरोधी हौँ।
न्यौपानेले अनिश्चितकालीन घेराबन्दी, बन्दी आमहड्ताल जस्ता कार्यले देश र जनतालाई असर पर्ने भएको हुनाले त्यसका विरुद्ध चुरेभावर मैदानमा उत्रने जनाउँदै तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन पनि दिएका छन्।
राजनीतिक माग राख्न सबैले पाउँछन् न्यौपानले भने, तर, राजनीतिक मागको नाममा देशलाई अस्तव्यस्त बनाउने, जनताको दैनिकी कष्टकर बनाउने खालका कार्यक्रम ल्याएमा त्यसको प्रतिकारमा चुरे भावर जान्छ ।
न्यौपानले आफ्ना अगुवा कार्यकर्तालाई आन्दोलनका लागि सडकमा जतिवेला पनि जानुपर्ने अवस्था रहेको भन्दै तयारी हालतमा रहन निर्देशन दिएको खबर नागरिकमा खबर छ ।
मोर्चाले आह्वान गरेको नाकाबन्दी र तराई–मधेस बन्दका बेला प्रतिकारमासमेत उत्रिएको सो पार्टीले आफ्नो कार्यक्रमलाई राजधानी केन्द्रित बनाउने थालेको छ ।
राजधानीका साथै काभ्रे, मकवानपुर, धादिङ, चितवनका साथै अन्य जिल्लाहरूमा पनि प्रशिक्षण कार्यक्रम गर्दै संगठनलाई काठमाडौं केन्द्रित बनाउने योजना बनाएको छ।

प्रकाशित मिति: May 14, 2016

प्रतिक्रिया दिनुहोस्