Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरबारको दक्षिणी गेट महतोले घेर्ने, प्रहरीको घेराबन्दी तोड्ने यस्तो छ योजना !

काठमाण्डौं । संघीय गठबन्धनको भोलि आईतवार हुन लागेको सिंहदरबार घेराव कार्यक्रममा मोर्चाका शीर्ष नेताहरू सडकमा ओर्लिने भएका छन्। सबैभन्दा संवेदनशील मानिने दक्षिणी गेट घेर्न सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आफै सडकमा आउने भएका छन् । 
संघीय समाजवादी फोरम नेपाल बाहेक संघीय गठबन्धनमा आबद्ध मधेशी मोर्चाका घटक दलहरू र अन्य मधेश केन्द्रित दलहरूको मेतृत्व गर्दै सदभावनाका अध्यक्ष राजेन्द्र महतो दक्षिणी गेटमा हुने सिंहदरबार घेराउ कार्यक्रमको नेतृत्व गर्नु हुने छ।
महतोलाई सघाउन महन्थ ठाकुर नेतृत्वको तमलोपा, महेन्द्र यादव नेतृत्वको तमसपा नेपाल, शरद सिंह भण्डारी नेतृत्वको राष्ट्रीय  मधेश समाजवादी पार्टी, अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकका कार्यकर्ताहरू रहनेछन्। ६ महीना सम्म भएको मधेश आन्दोलनमा सबैभन्दा बढि सक्रिय रहेका सदभावना अध्यक्ष महतोलाई सिंहदरबार घेरावमा पनि नेतृत्व गरि दिन आग्रह भए पछि उनी तयार भएको स्रोतले बताएको छ।
नयां बानेश्वर ३ नम्बर गेट बाट बिजुली बाजार हुंदै हनुमानथान सम्म जुलुसको नेतृत्व गर्दै आउने र त्यस पछि प्रहरी घेरा तोडी दक्षिणी गेटसम्म पुग्ने योजना महतोको रहेको स्रोतले बताएको छ। आफै सडकमा ओर्लिए कार्यकर्ताहरूको हौसला बढ्ने र कार्यक्रम सफल हुने ठम्याई महतोको रहेको छ।
संघीय गठबन्धनका प्रचार विभागका संयोजक आंगकाजी शेर्पाले दिएको जानकारी अनुसार माईती घर मण्डलाबाट सिंहदरबार घेरावको नेतृत्व फोरम नेपालका उपेन्द्र यादवले गर्ने भएका छन् भने हनुमानथानबाट दक्षिणी गेट घेरावको नेतृत्व राजेन्द्र महतोले गर्ने छन्। शेर्पाले बताए महतोसंगै अधिकांश मधेशी मोर्चाका नेता हुने छन्। उता उपेन्द्र यादव संगै माईतीघर मण्डलामा सबै जनजाति दलहरू हुने छन्।
यसअघि संघीय गठबन्धनले चारस्थान पुतलीसडक, हनुमानस्थान, माइतीघर मण्डला र भद्रकालीबाट सिंहदरबार घेराउ गर्ने जनाएको थियो । तर, शुक्रबार साँझबाट दुई स्थानबाट मात्रै सिंहदरबार घेराउ गर्ने भन्दै आन्दोलन परिचालन उपसमितिका संयोजक आङ्काजी शेर्पाले सूचना सम्प्रेषण गरिरहेका छन् ।
शेर्पाले दुईस्थान माइतीघर मण्डला र हनुमानस्थानमा आइतबार बिहान नौँ बजेदेखि बेलुका पाँच बजेसम्म धर्नामा बस्न २९ दलीय गठबन्धनका सदस्यहरूलाई निर्देशन दिएका छन् ।
यसअघि गठबन्धनले पुतलीसडक, हनुमानस्थान, माइतीघर मण्डला र भद्रकालीबाट सिंहदरबार घेराउ गर्ने जनाएको थियो । सोँच जति कार्यकर्ता नआउने देखेपछि कार्यक्रमलाई संशोधन गरेर दुईस्थान हनुमनस्थान र माइतीघरमण्डलामा केन्द्रित गरेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार संघीय गठबन्धनले धर्ना र घेराउका लागि माइतीघर मण्डलामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा १७ साना दललाई पठाउँदैछ । हनुमानस्थानमा भने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा १२ दलहरूलाई पठाउन लागेको स्रोतको भनाइ छ ।
यसैबीच, संघीय गठबन्धनले सुरक्षाकर्मीबाट बल प्रयोग भएमा त्यसको प्रतिकार गर्ने योजनासहित रणनीति बनाएको छ । स्रोतका अनुसार प्रहरीसँगको झडपका लागि योजना बनाउने जिम्मेवारी आङ्काजी शेर्पाले जिम्मेवारी पाएका छन् । शेर्पाले बौद्धतिरका बेरोजगार युवाहरूलाई लाठीसहित सिंहदरबार घेराउमा सहभागी हुन गोप्य तयारी गरेको स्रोतको दाबी छ ।

प्रकाशित मिति: May 14, 2016

प्रतिक्रिया दिनुहोस्