Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकता भन्दै प्रचार गर्ने बिरुद्द खनियो नेपाल कम्यूनिष्ट पार्टी माओवादी !

काठमाण्डौ । माओवादी एकता भन्दै प्रचारबाजी गरेकोमा नेपाल कम्यूनिष्ट पार्टी माओवादीले आपत्ती जनाएको छ । नेपाल कम्यूनिष्ट पार्टी माओवादीले एक बिज्ञप्ती जारी गर्दै माओवादी पार्टीहरुको एकता र त्यस बारे गरिएका प्रचार वाजीसंग हाम्रो पार्टीलाई जोडेर गरिएको षड्यन्त्र भनिएको छ ।

 माओवादीहरुको एकताको प्रचारवाजी र त्यससंग हाम्रो पार्टीको नाम जोड्ने षड्यन्त्र, दुस्साहास र वदनियत प्रति पार्टी घोर आपत्ति व्यक्त गर्दछ । यसलाई पुराकापुरा खारेजी गर्दछ । पार्टीसंग नाम जोडेर प्रचार गरिएका मान्छेहरुले पार्टीको एकिकृत जनक्रान्तिको कार्यदिशा र त्यसको स्प्रीडमा जिम्मेवारी वहन गर्न नसकी घरमा बसे पछि पार्टी केन्द्रीय समितिले सम्पूर्ण जिम्मेवारी बाट उहिले नै हटाई सकेका मान्छेहरु हुन् ।
यिनी मान्छेहरुलाई जोडेर एकताको राग अलाप्ने तत्वहरु र हाम्रो पार्टीको प्रभाव एवं लोकप्रियताको वैशाखी टेकी आफ्नो पद प्राप्तिको सौदावाजी गर्न दुस्साहास गर्ने व्यक्तिहरुलाई पार्टी खवरदारी गर्दछ , बिज्ञप्तीमा भनिएको छ ।

 पार्टीको दुरुपयोग तथा वदनाम  गर्ने मुर्खता गरियो भने पार्टीले जो कसैलाई पनि छुट दिन नसक्ने कुरा समेत स्पष्ट पारेको छ । माओवादीहरुको एकताको नाममा गरिएको गतिविधि र प्रचारवाजी क्रान्तिकारी र नेपालमा जनवादी क्रान्ति पुरा गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले नभएर विधेमान दलाल संसदीय व्यवस्थामा पतन भएका गुट उपगुट र झुण्डहरुको गडजोड मात्र भएको कुरा पनि हाम्रो पार्टी स्पष्ट गर्न चाहन्छ ।

यो स्वार्थी गढजोडले नेपाली जनयुद्धका १० वर्षका उपलब्धीहरुको रक्षा, ०६३ साल यताको प्रतिक्रान्ति माथि क्रान्तिकारी हस्तक्षेप र नेपाली जनवादी क्रान्तिको बाँकी अभिभार पूरा गर्ने होइन कि त्यसका विरुद्ध देशी विदेशी प्रतिकृयावादीहरुको निर्देशनमा षड्यान्त्र गर्ने, भ्रम फैलाउने र दलाल संसदीय व्यवस्थाको रक्षाकवज मात्र बन्ने हो । राजनैतिक लासहरु बोकेर हाम्रो पार्टीका विरुद्ध प्रचारवाजी गरिनुले त्यस कुराको शुरुमै पुष्टि हुन्छ, बिज्ञप्तीमा उल्लेख छ ।

राष्ट्रियता माथिको हस्तक्षेप, राष्ट्रिय दलाली र आत्मसमर्पण, दलाल संसदीय व्यवस्था र त्यसले मौलाएको भ्रष्टाचार कमिशन र कालोबजारको डरलाग्दो खेल, राजश्व छली, सामाजिक असुरक्षा, अनियमितता र ढिलासुस्ती, राष्ट्रिय उद्योग धन्दा एवं व्यवसायीहरुको टाट पल्टाई र कहाली लाग्दो जनजीविका लगायत यावत समस्याका विरुद्ध हाम्रो पार्टीले जेष्ठ ७ गते वेपत्ता योद्धाहरुको स्मृति दिनलाई पारेर विशाल विरोध प्रदर्शन र जन सभा कार्यक्रमको आयोजना गरेको प्रवक्ता प्रकाण्डद्दारा जारी बिज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित मिति: May 14, 2016

प्रतिक्रिया दिनुहोस्