Logo
१५ चैत्र २०८०, बिहीबार
(May 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब विद्यार्थीलाई के को चिन्ता ! ऋणको जमानी सरकार बस्ने – शिक्षामन्त्री पोखरेल

काठमाण्डौ । सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउने विषय चुनौतीपूर्ण छ तर लागू गरेरै छाडिने बताएका छन्। 
अखिल क्रान्तिकारीले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो कुरा बताउनु भएको हो । शैक्षिक प्रमाणपत्रको आधारमा ऋण र कार्यान्वयनको  विषय अन्तरक्रियामा बोल्दै पोखरेलले विद्यार्थीलाई प्रदान गरिने ऋणको जमानी सरकार बस्ने र ब्याज सरकारले तिर्ने बताएका हुन् ।

शैक्षिक ऋणको विषय आफू मन्त्री भएलगत्तै आफ्नो १८ वुंदे सार्वजनिक घोषणापत्रमा उल्लेख गरेको बताउँदै पोखरेलले अर्थमन्त्रीसंग तत्काल सल्लाह गरि सरकारको नीति तथा कार्यक्रममा समावेश गराइएको बताए।

सार्वजनिक विद्यालय सुधारका लागि नयाँ निर्देशिका ल्याउने तयारीमा लागेको उनको भनाई थियो। राष्ट्रिय योजना आयोगका सदस्य चन्द्रकान्त पौडेलले शैक्षिक प्रमाणपत्र राखेर ऋण पाउने विद्यार्थीले स्वदेशमै बसेर काम गर्ने वातरण सुनिश्चित गरिनु बताए ।

नेपाल राष्ट्र वैकका संचालक समिति सदस्य विकेमान सिंहले यो सकारात्मक कार्यक्रम भएको बताएका थिए ।

प्रकाशित मिति: May 14, 2016

प्रतिक्रिया दिनुहोस्