Logo
११ बैशाख २०८१, मंगलबार
(May 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोटो पत्रकार कार्कीलाई भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार


काठमाण्डौ । नेकपा एमालेले मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई प्रदान गरेको छ । एमालेले २३ औं मदन-आश्रित दिवसको अवसर पारेर फोटो पत्रकार कार्कीलाई मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ ।
एमालेको प्रचार विभागले आइतबार पार्टी मुख्यालयमा गरेको कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार कार्कीलाई प्रमाणपत्र र पुरस्कार रकम प्र

दान गरे । कार्की अढाइ दशकभन्दा लामो समयदेखि फोटो पत्रकारितामा संलग्न छन् । एमाले पार्टीमा आवद्ध नभए पनि पुरस्कारका लागि आफूलाई छनोट गरेकामा कार्कीले एमालेलाई धन्यवाद दिए ।

जवाफमा प्रधानमन्त्री ओलीले एमालेले आफ्ना कार्यकर्तालाई मात्र नहेरी मुलुकका सबै जनताको रेखदेख गर्ने र त्यसमा पार्टीका विरुद्ध लेख्ने पत्रकार पनि पर्ने बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले एमालेले गर्ने कामका कारण केही वर्षपछि एमालेका विरुद्ध लेख्ने पत्रकार नै नभेटिने दाबी गरे । उनले मुलुकको विकासका लागि एमालेले कस्ता काम गर्छ भन्ने कुरा जेठ १५ गते सार्वजनिक हुने बजेटबाट देखिने बताए ।

प्रकाशित मिति: May 15, 2016

प्रतिक्रिया दिनुहोस्