Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आपूर्ति मन्त्री पुनबाट लुटाहाकै संरक्षण, रोकिएन आयल निगमको लुट !

काठमाडौँ । नेपाल आयल निगमको व्यवस्थापन जनताको सेवा भन्दा आफ्नै मेवामा तल्लिन छ । अझै पनि आम नागरिकले सहज रुपमा ग्यास पाउन सकेका छैनन् । निगमका कार्यकारी निर्देशक गोपाल खड्काले अख्तियारका प्रमुख लोकमानसिंह कार्कीदेखि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई रिजाएकै कारण कुनै कारवाही नभएको चर्चा चलेको छ । सडकमै बद्नाम खड्काको नाममा मनपरि गर्नेहरु पनि आयल निगममा कम छैनन् ।
गोपाल खड्का आफैँ पनि पैसा असुल्ले मामिलामा माहिर भएकाले कर्मचारीहरुको फुर्ती झन् बढेको निगमका एक कर्मचारीले बताए । आफैँ भ्रष्ट भएकाले खड्काले बद्नाम र भ्रष्टहरुलाई डिपो प्रमुख बनाएका छन् । निगमको व्यवस्थापन स्वच्छ बनाउन आपूर्ति मन्त्री गणेश पुनले समेत सकेनन् । खड्काले मन्त्रीको आदेश मान्दैनन्, मन्त्रीलाई झुक्याउँछन् भन्ने चर्चा समेत मन्त्रालयमा चलेको छ ।

खड्काको आदेश अनुसार मैले भैरहवाबाट १२ हजार लिटर डिजेल दिएको तर मलाई कारवाही गरियो भन्ने दिनेश यादवको गुनासो पनि कसैले सुनेको छैन् । खड्का र सडक विभागका अशोक तिवारीले चिनियाँ ठेकेदारको नाममा डिजेल कालो बजार गर्दा अख्तियार अनुसन्धान आयोग किन मौन भयो निगमका एक कर्मचारीको गुनासो छ ।

त्यसोत मोलमोलाईमा कुरा मिले पछि श्रीचन्द्र श्रेष्ठलाई नेपालगन्ज पठाइयो ती कर्मचारीले थपे । अमलेखगन्जमा रहँदा दिनेश पहिलो र श्रीचन्द्र दोस्रो हाकिम थिए । यसै बिच म घूस खान्न भन्दै केन्द्र नछाड्ने एमालेका सदावहारका रुपमा चिनिएका एमाल नेता देवी न्यौपाने पनि यस पटक युनियनको चुनाबमा थलिए । युनियनको जिम्मा प्रदिप बसीले पाएका छन् । उनलाई  अमलेखगन्जका खिलेन्द्र कार्कीले चुनाव जिताएका हुन् । 

प्रकाशित मिति: May 15, 2016

प्रतिक्रिया दिनुहोस्