Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सिंहदरवार घेराउ’ मा मातृका यादव र सत्ताधारी फोरम लोकतान्त्रिकका नेता पनि


काठमाडौं । सत्तासाझेदार बिजयकुमार गछदार नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का नेता रामेश्वर राय यादवले सङ्घीय गठबन्धनको आव्हानमा भइरहेको सिँहदरबार घेराउ कार्यक्रमको समर्थन गरेका छन् । भने उता नेकपा माओवादी नेता मातृका यादवले पनि यस आन्दोलनलाई सर्मथन गरेका छन । 
उनले आइतबार साँझ आफ्नो फेसबुक एकाउण्टमार्फत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा भइरहेको आन्दोलनको आफूले समर्थन गर्ने बताउँदै आन्दोलनका कार्यक्रमहरुको सफलताका लागि कामना गरेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध दलहरुले सङ्घीय गठबन्धनको घटकका रुपमा सिँहदरबार घेराउ कार्यक्रममा सहभागिता जनाएका छन् ।
मजफो (लोकतान्त्रिक) का नेता रायले आन्दोलनले मधेशीहरुका माग सम्बोधन गराउन ‘इँटा थप्ने’ काम गर्ने भएको हुँदा आफूले जारी आन्दोलनप्रति समर्थन जनाएको बताएका छन । 
यसैबिच सिंहदरवार घेराउ कार्यक्रममा संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति र नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) ले समर्थन गर्दै जारी आन्दोलनमा दमन नगर्न सरकारसँग अपील गरेको छ ।
सिँहदरबार घेराउ कार्यक्रममा समर्थन जनाएका समिति र पार्टी दुवैका नेतृत्व मातृका यादवले गर्दैआएका छन् । 
एउटै व्योहोराको दुई छुटाछुट्टै विज्ञप्ति जारी गरेर समिति र पार्टीले उत्पीडित वर्गका अधिकारका लागि आन्दोलनमा समर्थन गरएको जनाएका छन । 

प्रकाशित मिति: May 16, 2016

प्रतिक्रिया दिनुहोस्