Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानी दैनिकले गरे, आन्दोलनमा सशस्त्र समूहको घुसपैठ आशंका

काठमाडौं । मधेसवादी दलहरुले राजधानी केन्द्रीत आन्दोलन सुरु गरेलगत्तै सरकारले काठमाडौं उपत्यकाभित्र तराईका भूमिगत समूहको घुसपैठ हुन सक्ने भन्दै उच्च सतर्कता अपनाएको खबर राजधानी दैनिकले छापेको छ । 
मधेसकेन्द्रित दलले आफ्ना माग पूरा गर्न १ जेठबाट राजधानीमा शक्ति प्रदर्शन गर्न थालेलगत्तै सरकारले सुरक्षा सतर्कतातर्फ विशेष ध्यान दिएको हो ।
तराईमा रहेका भूमिगत सशस्त्र समूहले राजधानीमा कुनै न कुनै प्रकारका विध्वंसात्मक कार्य गर्न सक्ने संकेत पाएपछि सुरक्षामा विशेष सतर्कता अपनाइएको सुरक्षा निकायको भनाइ छ ।
घुसपैठ भए तराइबासी बाहेक अन्य समुदायका मानिसमाथि पनि आक्रमण हुनसक्ने तथा आन्दोलनलाई उत्तेजित पारेर शान्ति सुरक्षामा समेत असरा पार्न सक्ने तर्फ ध्यानकेन्द्रित भएको गृह मन्त्रालयले जनाएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: May 16, 2016

प्रतिक्रिया दिनुहोस्