Logo
१५ चैत्र २०८०, बिहीबार
(May 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माइतीघरमा उपेन्द्र नेतृत्वको आन्दोलनकारीमाथी प्रहरीको लाठी चार्ज

काठमाडौं । मधेशी–जनजाती दलहरुको सयूक्त मोर्चा संघीय गठबन्धनले आह्वान गरेको सिंहदरबार घेराऊको दोस्रो दिन सोमबार प्रहरीले लाठी चार्ज गरेका छन । प्हरीले लाठीचार्ज गरेपछि गठबन्धनका दर्जनौं नेता तथा कार्यकर्ता घाइते भएका छन् भने  गम्भीर घाइते बनेका तीन जनालाई वीर अस्पतालको ट्रामा सेन्टर लगिएको छ ।
उपेन्द्र यादव नेतृत्वको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिइरहेका गठबन्धनका कार्यकर्ताहरुले बोकेको झन्डा र व्यानर प्रहरीले खोस्न खोजेपछि करिब सवा दश बजे झडप भएको छ ।झडपमा प्रहरीले लाठी चार्ज गर्दा दर्जनौं नेता तथा कार्यकर्ता घाइते भएको समाजवादी युवा फोरमका महासचिव अजयकुमार यादवले जानकारी दिए । 
शान्तिपूर्ण धर्ना बसिरहेका गठबन्धनका नेता तथा कार्यकर्तामाथि प्रहरीले बिना कारण अचानक आक्रमण गरेको यादवले बताए ।  युवा फोरमका केन्द्रीय सदस्य नितेश लिम्बूसहित गम्भीर घाइते भएका पाँच जनालाई अस्पताल लगिएको छ । 
त्यस्तै घाइते हुनेहरुमा संघीय प्रेस फोरमका सुकदेव चामलिङ, फोरम नेपालका केन्द्रीय सदस्य विष्णु जंग बस्नेत, राजेन्द्र खनाल, कृष्ण घलान, मजदूर नेता दयाराम राई, विद्यार्थी नेता दिपेश यादव, सुवास लाबू र फोरम नेपाल सप्तरीका जिल्ला सचिव शिवशंकर यादवमाथि लाठी चार्ज गरी प्रहरी घाइते बनाएको छ । 
प्रहरीको लाठी चार्जले माइतीघर मण्डलाको अवस्था तनावपूर्ण बनेपनि अहिले सामान्य छ । गठबन्धनको शान्तिपूर्ण धर्ना र प्रदर्शन भने जारी छ ।

प्रकाशित मिति: May 16, 2016

प्रतिक्रिया दिनुहोस्