Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ महतो नेतृत्वले निशेधित क्षेत्र घेरा तोड्ने योजना


काठमाण्डौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले घोषणा गरेको सिंहदरबार घेराव कार्यक्रम आज दोस्रो दिन पनि जारी राखेको छ। मधेशी नेताहरूको प्रदर्शनले सिंहदरबार वरिपरिको ट्राफिक आज पनि अस्त वेयस्त बनेको छ। 
यसैबीच सिंहदरबार छिर्न नदिने उद्देश्यले प्रहरीले लगाएको घेराबन्दी मधेशी मोर्चाका नेताहरूले आज तोड्ने योजनामा रहेका छन्।  सिंहदरबारको दक्षिणी गेटलाई लक्षित गर्दै हनुमानस्थान पट्टि घेराव कार्यक्रमको नेतृत्व गरिरहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आज कुनै बेला पनि प्रहरी घेराबन्दी तोड्ने प्रयास गर्ने छन्।
संघीय समाजवाजवादी फोरम नेपाल बाहेकका  मधेशी मोर्चामा आबद्ध सबै दलका अध्यक्षहरू महतोले नेतृत्व गरिरहेको हनुमानस्थानमै रहेका छन्। महतो लगायतका मधेशी नेताहरूले आज प्रहरी घेराबन्दी जसरी पनि तोड्ने र दक्षिणी गेट सम्म पुग्ने योजनामा रहेको बुझिएको छ। 
उता फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माईतीघर मण्डलामा घेरावको नेतृत्व गर्दै छन्। तर मण्डला भन्दा हनुमानस्थान बढि संवेदनशील रहेको र महतोले आफैले सडकमा बसेर धर्ना दिई रहेकोले प्रहरीको यस तर्फ बाक्लो उपस्थिति रहेको र प्रहरीलाई सचेत रहन पनि निर्देश दिइएको छ। 
हनुमानस्थानमा सदभावनाका अध्यक्ष राजेन्द्र महतो सहित लक्ष्मणलाल कर्ण, महेन्द्र राय यादव, शरद सिंह भण्डारी, अनिल कुमार झा, राजकिशोर यादव र तमलोपाको तर्फबाट उपाध्यक्ष वृषेश चन्द्र लगायतका ठूला नेताहरू रहेका छन्।

प्रकाशित मिति: May 16, 2016

प्रतिक्रिया दिनुहोस्