Logo
१५ चैत्र २०८०, बिहीबार
(May 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलनमा सहभागी भई सिंहदरबार घेर्ने विदेशी नागरिकलाई जेल हाल्ने तयारी


काठमाडौँ  । सङ्घीय गठबन्धन नेपालको सिंहदरबार घेराउ कार्यक्रममा झन्डा र फेटासहित उपस्थित भएका एक बेलायतीलाई प्रहरीले आज पक्राउ गरेको छ । सिंहदरबार घेर्ने विदेशी नागरिकको भिसा खारेज गरेर जेल जाक्ने सरकारको तयारी समेत रहेको बुझिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीका अनुसार पक्राउ परेका उनले आफ्नो नाम मार्टिन पेवर भएको बताएका छन् । ती बेलायतीले राहदानी पाटनमा आफू बस्ने ठाउँमा भएको बताएकाले थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
सिंहदरबारको हनुमानथान र माइतीघर मण्डलमा २९ दलीय सङ्घीय गठबन्धनले आयोजना गरेको आन्दोलनमा युरोपेली मुलुकका जस्ता देखिने केही विदेशी समेत सहभागी रहेको भेटिएको थियो । केही दिनअघि नेपालका सम्बन्धमा अनावश्यक टिप्पणी गरेको भन्दै क्यानाडेली रोवर्ट पेनरलाई अध्यागमन विभागले प्रवेशाज्ञा खारेज गर्दै देश निकाला गरेको थियो ।
सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रममा झन्डा, ब्यानर र फेटासहित उपस्थित भएका विदेशीलाई सरकारले कारबाही गर्ने भएको छ । 
गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले आइतबार र सोमबार आन्दोलनका क्रममा केही विदेशीको समेत संलग्नता भएको सूचनाका आधारमा मन्त्रालयले अनुसन्धान अगाडि बढाएको बताउदैँ उनले भने– ‘आन्दोलनमा सहभागी हुनु अध्यागमन कानुन विपरीत हो । उनीहरुलाई प्रवेशाज्ञा खारेजसम्मको कारबाही हुन कानुनी ब्यवस्था रहेको छ ।

प्रकाशित मिति: May 16, 2016

प्रतिक्रिया दिनुहोस्