Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुमबहादुरकै लाइनमा शशांक र शेखर, के होला रहस्य ?

काठमाडौं । शशांक कोइरालाले १७ असोजमा बिबिसी नेपाली सेवासँग कुरा गर्दै धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताका विषयमा पुनरावलोकन गर्नुपर्ने बताएका थिए । ‘यहाँ धेरै शक्तिहरू परिचालित छन् । हामीले ९धर्मनिरपेक्षताबारे० पुनरावलोकन गर्नैपर्‍यो ।
तर, त्यसैको निहुँमा फेरि यहाँ अस्थिरता आउनुभएन,’ उनको भनाइ थियो । ‘धर्मबारे, संघीयताबारे पनि प्रश्नहरू उठेका छन् । विभिन्न दलले स्विकारेर अगाडि बढ्ने हो भने दलहरूमा पनि परिवर्तन आउन सक्नुपर्‍यो । यो बाटो अगाडि जाने वा पछाडि जाने रु पछाडि जाँदा पनि के बिग्रियो र रु ९हाँस्दै० अहिले अगाडि जाँदा हासिल भइसकेको केही छैन । मेरो चिन्ताचाहिँ के हो भने पहिलो राष्ट्रियता नै हो । यो राष्ट्र हामीले जोगाउनैपर्छ,’ उनले अगाडि भने । आजको नयाँ पत्रिकामा समाचार छ ।
१३औँ महाधिवेशनपछि अमेरिका पुगेका शशांकले ११ वैशाखमा पहिलो पोस्ट डटकमसँग भनेका थिए, ‘विषयहरू धेरै छन् । जस्तै, हिन्दुत्वको विषय एक हो । कुन विषय तपाईं अगाडि ल्याउनुहुन्छ र तपाईंको बागडोरमा त्यो विषय हुन्छ कि हुँदैन रु नत्र अतिवादी शक्तिहरू अहिले पर्खिरहेका छन् । अस्थिरता आओस् अनि हाम फालौँला भनेर बसेका छन् । अहिले ठीक समय हो, हिन्दुत्वको मुद्दा लिएर आउने भन्ने । हो, म आफैँ कोइराला हो, ब्राह्मण हो । त्यसैले म पनि भन्छु, हिन्दुराष्ट्र हुनुपर्छ भनेर ।’

कांग्रेसमा अरूले पार्टीलाइन फलो गर्छन्, कोइराला परिवारले पार्टीको लाइन बनाउाछन् । त्यसैले कांग्रेसमा कोइराला परिवारलाई बोल्ने छुट छ । अरूभन्दा फरक प्रस्तुति, व्यक्तित्व र विचार दिन फरक ढंगले बोल्नुपर्छ भन्ने विश्वास कोइराला परिवारमा छ । त्यसैले, राजनीतिमा सक्रिय पछिल्ला कोइराला ९शशांक०ले पनि कांग्रेसको नीतिभन्दा फरक धारणा राख्दै आएका छन् ।
महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेपछि तथा निर्वाचित भएपछि शशांकका विचारहरू प्रखर रूपमा बाहिर आउन थालेका हुन् । तर, हिन्दुधर्मको पक्षमा र संघीयता तथा गणतन्त्रको विपक्षमा उनले पार्टीभित्र निरन्तर आवाज उठाउादै आएका थिए । अघिल्लो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि शशांकले केन्द्रीय समितिका सबैजसो बैठकमा आफ्ना भनाइ स्पष्ट रूपमा राख्दै आएका थिए ।
शशांकको विचारमा बिपीको सिद्धान्त नै कांग्रेसको सिद्धान्त हो । बिपीले अन्तिमसम्म पनि गणतन्त्र होइन, संवैधानिक राजतन्त्र । धर्मनिरपेक्षता होइन हिन्दुराष्ट्रको वकालत गर्दै आएका थिए । बिपीले कम्युनिस्टहरूसाग जहिले पनि दूरी बनाए । तर, ०४६ सालमा गणेशमान सिंहले कम्युनिस्टहरूलाई पनि मिलाएर आन्दोलन गरेदेखि नै कांग्रेसले आफ्नो मौलिक सिद्धान्त बिर्सिएको शशांकको मान्यता छ । अझ ०६२र६३ मा आइपुग्दा त कम्युनिस्टहरूकै एजेन्डामा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता मानेर कांग्रेसले बिपीको सिद्धान्त बिर्सिएको उनको विश्लेषण छ । त्यसैले, उनी ग्रहण गरिएको सिद्धान्तबाट कांग्रेसलाई मुक्त गर्न चाहन्छन् ।
प्रकाश कोइरालामार्फत पनि शशांक र शेखर खुमबहादुरसाग नजिक छन् । कांग्रेसको भर्खरै सम्पन्न १३औा महाधिवेशनमा देउवा खेमाबाट उम्मेदवार बने पनि खुमबहादुरले महामन्त्रीमा शशांकलाई मात्र होइन, सदस्यमा उठेका सबै कोइरालालाई मत हाले । त्यस्तै, कोइरालाहरूले पनि खुमबहादुरलाई आफ्नो मात्र मत दिएनन्, नजिकका सहयोगीलाई पनि मत दिन लगाए । हिन्दुधर्म र संघीयताका विषयमा उनीहरूको सामीप्यताका कारण नै यो गठबन्धन सम्भव भएको हो ।

प्रकाशित मिति: May 17, 2016

प्रतिक्रिया दिनुहोस्