Logo
११ बैशाख २०८१, मंगलबार
(May 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी–जनजातीको प्रर्दशनले दिनभर प्रहरीलाई बालुवाटरमा ‘नाकोदम’ (फोटोफिचर सहित)

काठमाडौं  । मधेशी जनजाती दलहरु सम्मलित संघीय गठबन्धनको प्रदैशनले मगलवार दिनभर नै बालुवाटार एरियामा प्रहरीलाई ‘नाकोदम’ नै गरायो । प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने क्रममा पर्दशनकारीहरुको शन्तिुपुर्ण तर बेलाबोलामा हुने उग्र प्रर्दशनले तैनाथ सुरक्षाकर्मीलाई दिनभरी नै हम्मे–हम्मे पारियो । 
दुई दिनसम्म देशको प्रशासनिक केन्द्र सिंहदरवार घेराउ गरेको गठबन्धनले तेस्रो दिन प्रधानमन्त्री निवास घेराउ गर्न पुगेका थियो ।  यसअघि गठबन्धनले कार्यक्रम सार्वजनिक गर्ने बित्तिकै प्रशासनले सो क्षेत्रलाई निशेधित घोषणा गरेको थियो भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । 
प्रहरीले आन्दोलनकारीलाई बालुवाटारसम्म पुग्न दिएका थिएनन । भाटभटिनीभन्दा केही अघि रोकेर राखेका थिए तर पछि प्रर्दशनकारीहरुले बल प्रयोग गर्दे अगाडी बढेका थिए । बिहान निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरी र आन्दोलनकारीबीच केही बेर झडप भएको थियो । झडपमा एकदर्जन मोर्चाका कार्यकर्ता घाइते भएका छन् ।
नक्सालबाट वालुवाटार जाने बाटोमा भाटभटेनीमै रोकिएका आन्दोलनकारीहरु अगाडि बढ्न खोजेपछि पटक पटक झड्प भएको थिाय । 

प्रकाशित मिति: May 17, 2016

प्रतिक्रिया दिनुहोस्