मधेशी- जनजातीले प्रदर्शनसहित आज शान्तिवाटिकामा आमसभा गर्दै
काठमाण्डौ । मधेसी-जनजाती राजनीतिकदलहरुको संघीय गठबन्धनले काठमाडौंकेन्द्रित आन्दोलन अन्तर्गत आज प्रदर्शन सहित रत्नपार्कको शान्तिवाटिकामा आमसभा गर्दैछन ।
काठमाडौंकेन्द्रित आन्दोलनको पहिलो चरणको यो अन्तिम कार्यक्रम हुनेछ । अर्को चरणको आन्दोलनको कार्यक्रम तय गर्न बुधवार गठबन्धन आवद्ध दलहरुको बैठक पनि आजै बस्दैछ ।
गठबन्धनले मंगलवार बालुटावार तथा आइतबार र सोमबार सिंहदरबार घेराउ गरेको थियो ।