Logo
१३ बैशाख २०८१, बिहीबार
(May 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको सातो खाने भारतको तयारी यस्तो !

काठमाण्डौ ।  नेपाल मामिलामा एकपछि अर्को गर्दै असफलताका श्रृङखला हासिल गरेको भारतले नेपालीलाई असजिलोमा पार्ने गरी फेरि कुनै कदम उठाउँदै छ ?

 मित्रवत व्यवहार गरेर भन्दा पनि रोटीबेटीको सम्बन्ध भएको छिमेकीलाई अप्ठ्यारो पारेर स्वार्थ सिद्ध गर्दै आएको सन्दर्भमा फेरि पनि उ चुपचाप बस्छ भनी विश्वास गर्न सकिँदैन । तत्काल भारतले नेपालमा नाकाबन्दी लगाउने वा अत्यावश्यक सामग्री रोक्ने सम्भावना देखिँदैन ।

उसले नेपाली मुद्राको विनियम दर कमजोर भएको बहानामा अवमूल्यन हुने गरी भारतको मूल्य बढाउन सक्ने बताइन्छ । हाल कामय रहेको भारुको १६० विनिमिय दरलाइ बढाएर २ सय वा त्यो भन्दा माथि बनाए नेपालमा महंगी ह्वात्तै बढ्छ ।

तत्काल नेपाल सरकारलाई अप्ठ्यारोमा पार्न भारतले यस्तो निर्णय गरे भारतलाई नै झन घाटा पर्ने एक अर्थविद बताउँछन् । यसबाट भारतले निर्यात घट्ने छ,जनआस्थाले जनाएको छ ।

अर्कातर्फ भारतले बर्षाको समयमा कुनै वहाना बनाएर अत्यावश्यक सामग्रीको निर्यात घटनाउन सक्छ वा केही दिनका लागि रोकिदिन पनि सक्छ । विकट भौगोलिक अवस्थाका कारण वर्षायाममा चीनबाट पनि सामान आयात गर्न सम्भव छैन । 

प्रकाशित मिति: May 18, 2016

प्रतिक्रिया दिनुहोस्