Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युवतीको चक्करले मन्त्री विश्वेन्द्रले मच्चाए यस्तो रमिता !

काठमाण्डौ । ‘भाग साले कुत्ता यहाँबाट भाग‘!’ सोच्नुस त, यस्तो संवाद बोल्ने मान्छे कस्तो होला ?
नेपाल सरकारको क्याबिनेटको फुलमन्त्रीले आफ्नै घरमा अरुलाई होइन, आफैंले जन्माएर हुर्काएको छोरालाई कुत्ता भन्दै घरबाट धपाउन बोलेको बोली । अहिलेको सरकारमा यस्ता धुन्धुकारी मन्त्री को होलान रु भन्नै पर्दैन, विश्वेन्द्र पासवानबाहेक अरुले यस्तो गर्नै सक्दैनन् ।
पासवानले यसरी छोरालाई कुत्ता भन्ने स्थितिचाहिँ युवतीका कारण आयो । ५० कटेका विश्वेन्द्रले छोरा सन्तोषलाई गत शनिबार गौशालास्थित घरमा छिर्न नदिनू भनि त्यहाँराखिएका सुरक्षाकर्मीलाई भन्दै थिए ।
‘यो मन्त्रीको क्वार्टर हो, यहाँ मन्त्रीले भनेका मान्छे मात्रै बस्न पाउँछ । भन्दै उनले सन्तोषलाई प्रवेश निषेधको उर्दी हाँकेका हुन् । हिजोआज विश्वेन्द्र अर्कीसँग लागेका छन् ।
बारा, जितपुरकी २५ वर्षीया ताराकुमारीलाई उनले पार्टीको केन्द्रीय सदस्य मात्रै बनाएका छैनन्, घरकी कान्छी पत्नीका रुपमा पनि अपनाउने भएका छन् । यसका लागि जेठीपत्नी र त्यतातिरका सन्तासँग दिनदिनै कचकच पर्न थालेको हो ।
अहिलेसम्म तारालाई घरमै त लगको छैनन् । तर, बाहिर घुम्न जाँदा र काठमाण्डौंकै विभिन्न स्थानमा उनसँग रात काट्ने गरेका छन् । जनआस्थाले समाचार लेखेको छ ।

प्रकाशित मिति: May 18, 2016

प्रतिक्रिया दिनुहोस्