घेराउ आन्दोलनपछि मधेशी-जनजातीको १० दिने नयाँ आन्दोलन घोषणा
काठमाण्डौ । मधेशी मोर्चासम्बन्ध संघीय गठबन्धनले आन्दोलनको नयाँ कार्यक्रम अन्तरगत १० दिनको कार्यक्रम घोषणा गरेको छ ।
दुई दिन सिंहदरवार र एक दिन बालुवाटार घेराउपछि भोलिदेखि उपत्यकाका १० ठाउँमा आमसभा कार्यक्रम आयोजना गरिने नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले जानकारी गराए ।
गठबन्धनले आज रत्नपार्कमा आमसभा गर्दैछ । त्यस्तै, ६ गते पाटन दरबार क्षेत्रमा रहेको मंगलबजार, ७ गते नयाँ बानेश्वर, ८ गते स्वम्भू, ९ गते चाबहिल, १० गते किर्तिपुर, ११ गते नेपाःटोल ठिमी, १२ गते बालाजु बाइपास, १३ कलंकी चोक, १४ मधेपुर ठिमी र १५ गते बसन्तपुरमा गठबन्धनले आमसभा गर्नेछ ।
गठबन्धनले १६ गते वीरगञ्ज र १७ गते पोखरामा पनि आमसभा गर्ने भएको छ । तर आजको बैठकमा राजेन्द्र महतो र महन्थ ठाकुर अनुउपस्तिथि थिए ।