Logo
११ जेष्ठ २०७९, बुधबार
(May 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय गठबन्धनले १० ठाउँमा आमसभा गर्ने

काठमाडौं । मधेशी मोर्चासम्बन्ध संघीय गठबन्धनले आफ्नो १० दिनको कार्यक्रम घोषणा गरेको छ ।

 दुई दिन सिंहदरवार र एक दिन बालुवाटार घेराउपछि भोलिदेखि उपत्यकाका १० ठाउँमा आमसभा कार्यक्रम आयोजना गरिने नेपाल सद्भावना पार्टीका अध्यक्षले जानकारी दिए ।

गठबन्धनले आज रत्नपार्कमा आमसभा गर्दैछ । त्यस्तै, ६ गते पाटन दरबार क्षेत्रमा रहेको मंगलबजार, ७ गते नयाँ बानेश्वर, ८ गते स्वम्भू, ९ गते चाबहिल, १० गते किर्तिपुर, ११ गते नेपाःटोल ठिमी, १२ गते बालाजु बाइपास, १३ कलंकी चोक, १४ मधेपुर ठिमी र १५ गते बसन्तपुरमा गठबन्धनले आमसभा गर्नेछ ।

गठबन्धनले १६ गते वीरगञ्ज र १७ गते पोखरामा पनि आमसभा गर्ने भएको छ ।

प्रकाशित मिति: May 18, 2016

प्रतिक्रिया दिनुहोस्