Logo
१५ चैत्र २०८०, बिहीबार
(May 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बौद्ध सम्मेलनमा भारत र चीनबाट प्रतिनिधित्व नहुने


काठमाडौं । सरकारको आयोजनामा हुन लागेको अर्न्तराष्ट्रिय बौद्ध गोष्ठीमा भारत र चीन दुवै मुलुकबाट राजनीतिक तहको प्रतिनिधित्व नहुने भएको छ । 
सरकारले यसअघि गोष्ठीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ सहभागी हुने प्रचार गरेकामा दुवै मुलुकबाट राजनीतिक व्यक्ति नै नआउने भएका हुन् । 
गोष्ठीमा संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन पनि नआउने निश्चित भएको छ । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गोष्ठीको सबै तयारी पूरा भएको तर गोष्ठीमा भारत र चीन दुवै मुलुकबाट राजनीतिक व्यक्ति सहभागी नहुने बताए। 
उनका अनुसार बिहिबार सुरू हुने गोष्ठीमा विभिन्न २८ वटा मुलुकका सरकारी प्रतिनिधि र बौद्ध धर्मगुरुहरु सहभागी हुने छन्। चीन, जापान, कोरिया, अमेरिका लगायतका मुलुकबाट आउने बौद्ध धर्मगुरुहरुले १९ वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । 
पर्यटनमन्त्री पोखरेलले नेपाल गौतम बुद्धको जन्मस्थल मात्र नभएर बौद्ध दर्शन तथा अध्यात्मको उद्गम भूमि समेत भएको कुरा अर्न्तराष्ट्रिय समुदायमा पुर्‍याउन गोष्ठीले सहयोग पुग्ने बताए । 

प्रकाशित मिति: May 18, 2016

प्रतिक्रिया दिनुहोस्