स्ट्राइकरबाट वेयन रुनी अब मिडफिल्डमा
म्यान्चेस्टर । कुनै त्यस्तो पनि थियो, जतिबेला वेयन रुनी गोल स्कोर गर्न माहिर मानिन्थे । तर ढल्कदो उमेरसँगै परिपक्व रुनीले अब मिडफिल्डमा आफ्नो स्थान सिफ्ट गर्ने भएका छन् ।
उनले वल्र्ड ट्राफोडमा युनाइटेडले बोर्नमाउथबिरुद्ध मंगलबार ३–१ को जीत निकाल्दा मिडफिल्डमा उत्कृष्ट खेले । इङल्याण्डका कप्तान रुनीले सूरुआती गोल गरे र तेस्रो गोलका लागि एस्ले योङलाई पास दिए ।
‘कहिलेकाँही आफ्नो करियरमा नयाँ रोजाई गर्नुपर्ने हुन्छ र अहिलेको अवस्थामा मलाई मिडफिल्डमा खेल्न सहज भइरहेको छ । इङल्याण्डबाट म अहिले पनि स्ट्राइकरकै रुपमा खेलिरहेको छु ।
तर संभवत अर्को सिजनबाट मैले मिडफिल्डमा ध्यान दिनेछु,’ उनले भने । एजेन्सीको सहयोगमा