Logo
१३ बैशाख २०८१, बिहीबार
(May 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कन्डम भन्दैमा हुदैँन, ध्यान नदिए यस्तो बिजोग

एजेन्सी । यौनसम्बन्धका क्रममा मानिसहरु प्रायस् कन्डमको प्रयोग गर्ने गर्दछन्। कन्डमको प्रयोग यौन सम्पर्कको सबैभन्दा सुरक्षित उपाय हो ।  यो गर्भनिरोधकको राम्रो उपाय अनि यौनजन्य रोगको खतराबाट बचाउने साधन हो । तर धेरै मानिसलाई यसको उचित प्रयोगबारे जानकारी भने हुँदैन।

कन्डमले गर्भलाई रोके पनि यसको प्रयोग  धेरै भएमा खतरा पनि निम्त्याउन सक्छ। धेरै प्रयोग स्वास्थ्यको लागि हानीहारक मानिएको अध्ययनले देखाएको छ।

अधिकांश कन्डम लेटेक्सबाट बनेका हुन्छन्। लेटेक्स एक प्रकारको तरल पदार्थ हो, जुन रबरको रुखबाट बनेको हुन्छ। द अमेरिकन एकाडेमी अफ एलर्जी अस्थम एण्ड म्युनोलोजीका अनुसार रबरमा प्रोटिन भएकाले  मानिसमा एलर्जी देखा पर्दछ। यस्तो सिन्थेटिक कन्डम प्रयोग गर्नु नै जरुरी हुन्छ।

कन्डमबाट एचआईभी एड्स तथा संक्रमक यौनरोगको जोखिमबाट बचिन्छ तर यसबाट यौन प्रसारित रोगको बढावा हुने अध्ययनको दाबी छ । किनकी यो बाहिरको छालालाई सुरक्षित राख्दैन। जसले संक्रमणको सम्भावना धेरै हुन्छ।

कन्डमको प्रयोगबाट ९८ प्रतिशत सुरक्षा मिल्छ तर यसको अनुचित प्रयोगबाट सयमा १५ महिलाको गर्भावस्थालाई खतरा पुर्याउने गरेको अध्ययनले देखाएको छ। त्यसकारण यसको प्रयोग सही तरिकाले गर्नु जरुरी छ।

अमेकरिकाका केही डाक्टहरुले पुरुषले प्रयोग गर्ने कन्डमले महिलालाई खतरा हुने दाबी गरेका छन् । कन्डम बनाउने बेला पाउडर तथा लुब्रिकेन्ट्स समेत मिसाइएको हुन्छ। अध्ययन अनुसार उक्त पाउडरले ओभेरियन क्यासर हुनुका साथै बाँझोपनको समस्या समेत देखा पर्ने सम्भावना रहन्छ।

प्रकाशित मिति: May 19, 2016

प्रतिक्रिया दिनुहोस्