Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाम्बो युवा टोली साताव्यापी भ्रमणका लागि चीन प्रस्थान

काठमाडौं । चीन सरकारको निमन्त्रणामा अनुभव आदानप्रदान कार्यक्रमअन्तर्गत युवाको टोली चीनतर्फ बिहीबार प्रस्थान गरेको छ । नेपाल–चीन दौत्य सम्बन्धको ६०औं वर्षका अवसरका युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलको नेतृत्वमा टोली कुनमिङतर्फ प्रस्थान गरेको हो । 
टोलीमा हालैमात्र सरकारद्वारा गठित राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलसहित ५० जना रहेका छन् । नेपाल–चीन युवा आदानप्रदान कार्यक्रमअन्तर्गत युवा टोली साताव्यापी भ्रमणमा बिहीबार अपरान्ह चाइना इस्टर्न एयरलायन्सबाट कुन्मिङ प्रस्थान गरेको हो । 
टोलीले बेइजिङ र कुनमिङ प्रान्तको विभिन्न स्थलको अवलोकन गर्नेछ । ‘परिषद् गठन भएपछि पहिलो पटक हाम्रै छनोटमा युवाको टोलीले विदेश भ्रमण गर्दैछ,’ परिषद्का उपाध्यक्ष ढुंगेलले भने, ‘अनुभव आदानप्रदान प्रमुख विषय हो । चीनको भौगोलिक, सामाजिक, आर्थिक विकासमा युवाको भूमिका केकस्तो रहेको छ भन्ने महत्वपूर्ण हुनेछ ।’
टोलीमा युवा परिषदको सिफारिसमा राजनीतिक क्षेत्रमा क्रियाशील युवा, गैरसरकारी संस्थाका युवा, विशेष समूह, उद्यमी, पत्रकारलगायत सहभागी छन् । तीमध्ये मन्त्रालयका सहसचिव तेजराज पाण्डेलगायत १० जना कर्मचारी छन् । 
टोलीले युनान विश्वविद्यालय, कुनमिङ हाईकोन खेलकुद, प्राथमिक विद्यालय, सामाजिक कार्यालय, विश्व भौगोलिक पार्क, ग्रेट वाल, ताली विश्वविद्यालय, पाई जातिको बस्तीको अवलोकन गर्ने उपाध्यक्ष ढुंगेलले जनाएका छन् । त्यसैगरी अल चाइना युथ फेडेरेसनको औपचारिक कार्यक्रम हुनेछ । त्यसैगरी प्रान्तका मन्त्री तथा नेताहरुसित औपचारिक भेटघाट गरिने जनाइएको छ । फोटो : फेसबुक 

प्रकाशित मिति: May 19, 2016

प्रतिक्रिया दिनुहोस्