Logo
१३ बैशाख २०८१, बिहीबार
(May 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बस दुर्घटना हुदा ९ को मृत्यु, ९ गम्भिर घाइते


लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–५ तामाखानी भन्ने ठाउँमा आज साँझ बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । 
नारायणगढबाट लमजुङ जिताकोट जान हिँडेको ना१ख ४१२६ नंको बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । मृतकको सनाखत भएको छैन । घाइतेहरुको तमौली अस्पताल तनहुँमा उपचारको लागि पठाइएको छ ।
करिब २५ जना सवार उक्त बसको चालक भने फरार रहेको प्रहरीले जनाएको छ । घटना भएको स्थान प्रहरी चौकीबाट २ घण्टाको फरकमा रहेकाले तत्काल घटनास्थलमा प्हरी पुग्न नसकेको कारण ड्राइभर फरार भएको प्रहरीले बताएको छ ।
घटनाको विस्तृत जानकारी आउन बाँकी रहे पनि बस सडकबाट २०० मि तल खसेको र बसका सहचालकले बस चलाएको बुझिन आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । पत्रकार सिता क्षेत्रीको सहयोगमा 

प्रकाशित मिति: May 19, 2016

प्रतिक्रिया दिनुहोस्