Logo
४ बैशाख २०८१, मंगलबार
(May 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेस चौतारीको नेतृत्वमा बस्नेत

काठमाडौँ । प्रेस चौतारी नेपालको आठौँ महाधिवेशनले अध्यक्षमा चौतारीका सल्लाहकार गणेश बस्नेतलाई सर्वसम्मतिले चयन गरेको छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, महिला उपाध्यक्षमा टीका विष्ट, समावेशी उपाध्यक्षमा सइन्द्र राई, प्रदेश नं १ उपाध्यक्षमा लीलाराज भट्टराई, २ बाट लालबाबु शेष, ३ बाट  विश्वमणि सुवेदी, ४ बाट गणेश पाण्डे, ५ बाट सविन प्रियासन चौधरी, ६बाट वीरबहादुर गिरी र ७ बाट नरेन्द्र साउद चुनिएका छन् ।  चौतारीका महासचिवमा राजेश राई तथा उपमहासचिवमा रामकुमार एलन र हिरामान लामा निर्वाचित भएका छन् ।
यसैगरी खुला सचिवमा भरत केसी, अमृतनाथ तिमिल्सिना, रामकृष्ण शर्मा र सुरोजङ्ग पाण्डे, मधेसी सचिवमा भउचप्रसाद यादव, जनजाति सचिवमा देविका घर्ती मगर र दलित सचिवमा हेमकर्ण विक चुनिएका छन ।
कोषाध्यक्षमा इन्द्र आचार्य तथा लेखा र अनुशासन आयोगका संयोजकमा क्रमशः विक्रम लुइँटेल र जे पाण्डे घोषित भए । बाँकी सदस्यको निर्वाचन प्रक्रिया शुक्रबार बिहान सुरु हुने निर्वाचन समितिका संयोजक तीर्थ कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति: May 20, 2016

प्रतिक्रिया दिनुहोस्