Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कहिले सम्म घोँडे क्रान्तीकारी बन्दै हिँडने ?

जवाफदेही वेगरको संघर्षलाई एक अर्थमा युद्ध मान्न सकिन छ तर कुनै अर्थमा क्रान्ती मान्न सकिदैन । म रत्तिभर पनी यो मान्दीन की हाम्रो यो पुस्तामा मधेशमुक्तीको भावना छैन अथवा हामीमा बैमानी छ हामी मधेशमुक्तिको भावनाले ओतप्रोत छौँ इमान्दार पनी छौँ तर हामीमा क्रान्तीकारीता छैन हामी आफ्नो कार्यशैली प्रती जिम्मेबार र उत्तरदायी छैनौ मैले यो स्विकारेर लेखिरंहदा आवश्य पनी तपाई हरुझैँ मेरो पनी मन दुखेको छ ।

ललित मल्लिक “सानु” 

मधेश आन्दोलनमा अथक होमिएका आन्दोलनकारी मित्रहरु म एउटा सहयात्रीको नाताले तपाईहरुको मधेशमुक्तीको भावना र जुझारु स्वभावलाई हृदय देखी उच्च सम्मान गर्दै बिनम्रता पुर्वक आत्म मन्थनको लागी याहाँ सानो अनुरोध राख्दै छुँ । यस अनुरोध प्रती तपाई हरुको सहमती असहमती भावना र आक्रोष तपाई हरुको बुझाई, चिन्तन र मन्थनमा निहित छ । बस मेरो आग्रह छ मेरो अनुरोध प्रती सोचनुहोला । 

हामी अहिलेको मधेशवादी पुस्ता विगतमा भएको अन्तरीम संविधान घोषणा देखी संविधानसभा वाट संविधान घोषणा भए पश्चात अहिले सम्म पुगनपुग एक दशक देखी मधेश मुक्तीको खातिर अनवरत अथक संघर्षमा छौँ । म बडो गर्वका साथ भन्दै छुँ प्रथम मधेश आन्दोलन वाट यस संघर्षमा होमिएका म जस्ता जुगाँको धर्का नपलाएका किशोरहरु आजको दिनमा एउटा निशकलंक जुझारु युवाको रुपमा आ-आफ्नो ठाँउमा यस संघर्षको नेतृत्वदायी कमान समहाली रहेका छन । 

अथक, जुझारु र निशकलंक यस पुस्ताको सानै प्रतिनिधि पात्रको रुपमा भए पनी मलाई ठुलो गर्व छ । मधेश आन्दोलनको पुरानो पुस्ता यानी उमेरले पैंतिस काटेको पुस्ता अपवाद वाहेक कुनै नकुनै रुपमा मधेश आन्दोलनको जगमा व्यक्तिगत या परिवारीक लाभ लिएका छन । त्यो पुरानो पुस्ता या त्यो देखी पुरानो पुस्ता भन्दा हाम्रो यो पुस्ता जनताको नजरमा र यथार्थमा पनी निशकलंकित छ । यो हाम्रो लागी गर्वको विषय हो ।तर मलाई लाग्छ हामी मधेश र मधेश आन्दोलन प्रती जवाफदेही हिन छौँ । मलाई लाग्छ जवाफदेही वेगरको संघर्ष परिणाममुखी हुन सक्दैन । जवाफदेही वेगरको संघर्षलाई एक अर्थमा युद्ध मान्न सकिन छ तर कुनै अर्थमा क्रान्ती मान्न सकिदैन । 

म रत्तिभर पनी यो मान्दीन की हाम्रो यो पुस्तामा मधेशमुक्तीको भावना छैन अथवा हामीमा बैमानी छ हामी मधेशमुक्तिको भावनाले ओतप्रोत छौँ इमान्दार पनी छौँ तर हामीमा क्रान्तीकारीता छैन हामी आफ्नो कार्यशैली प्रती जिम्मेबार र उत्तरदायी छैनौ मैले यो स्विकारेर लेखिरंहदा आवश्य पनी तपाई हरुझैँ मेरो पनी मन दुखेको छ । हामी जस्तो मधेशको गौरवशाली पुस्ता जस्को रगतको कतरा कतरामा क्रान्तीको लहर दौडदैँ थियो त्यो पुस्ता अहिले हाउसे हाउसेको जमात कसरी भयो । छेउ छाऊ नहेर्ने आँखाम पट्टा बाँधिएको टम टमको घोँडाझैँ टमटमिया घोँडे क्रान्तीकारी कसरी भयो कहिले सम्म हामी यस्तै भई अथवा बनिराख्ने मित्रहरु ? मधेश आन्दोलनको सबभन्दा कमजोर पक्षहरु मध्यको पक्ष पुरानो पुस्ता जवाफदेही हिन र जनता प्रती अनउत्तरदायी हुनु थियो र छ तर हामी नयाँ पुस्तावाला हरु पनी त् तिनीहरुकै अनउत्तरदायी जवाफदेही हिन क्रियाहरुमा सहयात्री बनेर होस्टेमा हाउसे गरेर मधेश आन्दोलनलाई लथालिंग बनाउदै छौँ ।

कृप्या केहीवेर हामी स्वतन्त्र भएर सोचौँ के मधेशी शक्तीहरुको स्विकारोक्ती वेगर त्यस्तो बईमानीपुर्ण प्रक्रियावाट दोस्रो संविधानसभाको निर्वाचन संभव थियो के त्यो वेला मधेशी शक्तिहरुले मुख खोलेको भए आज मधेशले यो दिन देखनु पर्थयो ? बइमानिपुर्ण निर्वाचान हुँदैछ बुझदा बुझदैँ हाम्रा दलपती हरुले हामीलाई निर्वाचनमा झोंकिदिदा हामीले आँखा चिम्लेर हाउसे हाउसे गर्न थाल्यो के यही क्रान्तीकारीको जिमेवारीपन ?मधेश विरोधी मस्यौदा आउने बितिकै मधेशी शक्तीहरुले मस्यौदामा संसोधन नत्र संविधानसभा परित्यागको बटमलाईन लिएको भए के तिनदलले यस्तो संविधान ल्याउथेँ ? मधेशी शक्तीहरुले यस नयाँ संविधानको प्रक्रिया अर्न्तगत भएको प्रधानमन्त्रीको निर्वाचनमा भाग नलिएको भए के शासकहरु संविधान कार्यान्वेन शब्द जिब्रोमा पनी ल्याउन सक्थेँ ? 

म आज पनी भन्दै छुँ मधेशी शक्तीहरुले अगर इमान्दारी पुर्वक यस संविधान अन्तर्गत हुने सबै प्रक्रियालाई बहिस्कर गर्यो भने यो शासक त् के यस्को सात पुस्ताले पनी यस संविधानको कार्यान्वेन गराउन सक्दैन तर हाम्रो नेतृत्वले यत्रो ठुलो ठुलो गल्ती गल्ती माथी गम्भीर गल्तीहरु गरिरंहदा पनी हामी जस्तो अग्रगामी , न्यायप्रेमी र इमान्दार पुस्ताले गल्ती गर्नेहरु संगै सुरमा सुर मिलाएर हाउसे हाउसे गर्नु के यो जवाफदेही हिन्ता होइन ?आफ्नै खुट्टामा बन्चरो हान्ने यो कस्तो अन्धभक्ती ? गंभिरता पुर्वक सोचनुस त् साथीहरु अहिले चलिरहेको राजधानी केन्द्रीत आन्दोलन जसमा तपाई हरुको ठुलो मेहनत छ । 

के यो आन्दोलन मधेशीहरुको प्रमुख माँग सिमांकन प्रति स्पष्ट छ ? जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणको माँगमा स्पष्ट छ ? केन्द्र मातहत रहने स्रोत साधनमा जनसंख्याको आधारमा बाँड फाँडमा स्पष्ट छ ? छैन तर तपाईहले राजधानी केन्द्रीत आन्दोलनको नाममा मधेशको पाँच करोड रुपैया भन्दा बढी बालुवामा पानी खन्याएझैँ खन्याई दिनु भएको छ काठमान्डौ उक्लेका दश हजार मात्रै आन्दोलनकारीको हिसाब गर्नेहो भने आवत जावत र छौ दिनको बसाई खबाईको नियुन्तम पाँच हजार मात्रै मान्ने हो भने हिसाब गर्नुस कति हुन जान्छ ।त्यत्रो ठुलो रकमले मधेश आन्दोलनका लागी एउटा कोष खडा गरेको भए मधेश आन्दोलनलाई कति ठुलो बल मिल्ने थियो घाईते हरुको उपचार र शहिद परिवारहरुको राहतमा कत्रो योगदान पुग्ने थियो । 

तपाई हामी सबैलाई थाहा छ मुक्ति आन्दोलन आफ्नै भुमिवाट सफल भएको इतिहास छ । कुनै एक जना नेताले दर्जनौँ मधेशी शहिदहरुको बलिदानी वाट स्थापित पार्टिलाई जनजाती पार्टिमा बिलय गरायो र त्यसलाई मधेश वाट अनुमोदन गराउन राजधानी केन्द्रीत मधेशी जनजाती आन्दोलनको प्रपञ्च रच्यो र हामी आँखा चिम्लेर आफ्नो स्रोत साधन खर्चदै हाउसे मा हाउसे गर्न थाल्यौँ के यो गैरविषलेश्नात्मक अदुरदर्शी चरित्र क्रन्तिकारी चरित्र हो ? मित्रहरु कहिले सम्म हामी टमटमिया घोँडे क्रान्तीकारी बन्दै हिँडने के यसरी मधेश मुक्ती हुन्छ ?

प्रकाशित मिति: May 20, 2016

प्रतिक्रिया दिनुहोस्