Logo
११ बैशाख २०८१, मंगलबार
(May 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजेन्द्र महतोले खुल्ला पत्रको दियो उपेन्द्र यादवलाई कडा जवाफ !

काठमाण्डौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सहित मधेशी मोर्चाका नेताहरूलाई कडा आलोचना गर्दै खुल्ला पत्र लेखिएको २४ घण्टामा नै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले  ठूलै झटका पाएका छन ।  
उपेन्द्र यादले समय–समयमा आफ्ना सहयोगीहरू मार्फत खुल्ला पत्र लेखे पछि अहिले सम्म त्यसको कुनै जवाफ नफर्काएका राजेन्द्र महतो यस पाली भने कडा जवाफ फर्काउएका छन । तर महतोले लेखेर होईन बरु उनको पार्टी संगठन माथिनै प्रहार गरेर जवाफ दिएका छन । 
संघीय समाजवादी फोरम नेपालसँग आबद्ध मधेशी ट्रेड यूनियन महासंघलाई राजेन्द्र महतोले आफ्नो पार्टीमा आबद्ध गराउदै उपेन्द्रलाई झटका दिएका हुन ।  त्यसो त कुनै पनि राजनीतिक दलको साँगठनिक ढाँचा कति मजबूत छ भने त्यसको आकलन पार्टीमा आबद्ध ट्रेड यूनियनहरू ले थाहा हुन्छ । 
फोरम नेपालसँग शुरू देखिनै आबद्ध मधेशी कर्मचारी ट्रेड यूनियन महासंघ मधेशको एकमात्र ट्रेड यूनियन महासंघ हो जुन ट्रेड यूनियन महासंघ अन्तर्गत दर्ता भएको छ। फोरम नेपाल मधेशको ठूलो पार्टी हुनुमा ट्रेड यूनियन महासंघको ठूलो भूमिका रहेको बतायइएको छ । 
तर अब मधेशी कर्मचारी ट्रेड यूनियन महासंघ राजेन्द्र महतो नेतृत्व गरेको सदभावना पार्टीमा आबद्ध भएको हो । यसका लागि ट्रेड यूनियन महासंघले सम्बन्धित सरकारी कार्यालयमा औपचारिकता समेत पूरा गरेको छ । शनिवार औपचारिक रूपमै कार्यक्रम गरि राजेन्द्र महतोले मधेशी ट्रेड यूनियन महासंघलाई पार्टीमा प्रवेश गराउने कार्यक्रम तय गरिएको बताइएको छ । 
नाई संघका अध्यक्ष समेत रहेका महासंघका अध्यक्ष पल्टन ठाकुर पछिल्लो समय फोरम नेपालले आफ्नो नामबाट मधेशी शब्द हटाएर उपेन्द्र यादवले फोरमलाई मधेशीभन्दा पनि गैर मधेशीको पार्टी बनाउन खोजेको आरोप लगाउँदै अब उपरान्त महासंघले सदभावना पार्टी निकट भएर काम गर्ने सर्वसम्तिले निर्णय गरेको ठाकुरले दाबी गरेका छन् ।

प्रकाशित मिति: May 20, 2016

प्रतिक्रिया दिनुहोस्