रवि भट्ट, क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुर स्थित नेपाली राजदूतावासमा विभिन्न कामले आउने सोझा नेपालीहरु माथि ठग्ने नेपाली दलालहरु अहिले फरार छन् । राजदूतावासको वरपर सादा पोशाकमा प्रहरिले केहि दलालहरुलाई समातेर कार्बाहि गर्न शुरु गरे पछि दलालहरु फरार भएका हुन् ।
विभिन्न काममा वा भेटघाट गर्न आउने नेपालीहरुलाई समेत दलालहरुले घर जाने हो आउनोस हामी सस्तोमा पठाउछौ भन्दै हात समातेर हैरान पारेको दृष्य यति बेला देखिदैन । दुतावासको तल सफा देखिन्छ । भिडभाड हुदैन । घर पठाउने नाममा शुरुमा कम रकम भनेर लैजाने र पछि टिकट महङगो भयो वा पाईएन भन्दै रकम थप्न लगाएर दलालहरुले सोझा नेपालीलाई ठग्दै आएका छन् ।
कति पयलाई रकम सकिए पछि पनि घर बाट मगाएर जान बाध्य पारेका छन् भने कतिपय दलालहरु रकम लिएर सम्पर्कमा नआउने पनि गरेका छन् । यस्ता दलालहरु कति पय नेपाली रेष्टुरेण्टमा राख्ने र अलपत्र पार्ने समेत गरेका छन् । कतिपय रेष्टुरेण्टबाट पिडितहरु भागेर नेपाली राजदूतावासमा आएर उजुरी दिएको र दूतावासको पहलमा नेपाल फर्कि सकेका छन् । दलालहरुले अझै होस्टलमा राखेर रकम असुली राखेको पनि पिडितहरुले नेपाल गए पछि जानाकारि दिएका छन् ।
उनिहरुलाई बाहिर गएमा प्रहरि लगाई दिन्छु भन्दै महिनौ दिनसम्म पनि झुलाएर राखेको र घरबाट रकम मगाएर फर्केको पिडितहरुले बताए । कतिपय पिडितहरुले दलालको पञ्जाबाट भागेर लिखित उजुरि दिएको र नेपाली दूतावासले त्यस्ता दलाललाई बोलाएर कार्बाहि गरि पिडितलाई नेपाल फर्काएको राजदूत डा. निरञ्जनमान सिं बस्न्यातले जानाकारि दिनु भयो । उहाँले दूतावास वरिपरि रहेर ठगि रहेका कुनै पनि झोले दलालहरुलाई कार्बाहि गरेर छाड्ने बताउनु भयो ।
यस्ता झोले दलालहरुले गर्दा सोझा नेपालीहरु ठगिन गई रहेका छन् त्यसैले मैले अहिले यो सफा गर्छु र कसैले केहि प्रलोभनमा पारेको छ भने सिधै दूतावासमा निबेदन दिन सक्ने र त्यस्ता ठग दलालहरुलाई यहाँको प्रशासनमा पठाएर दलालहरुलाई चाहि नछाड्ने उहाँले चेतावनि दिनु भयो । यसरि दलालको फन्दामा परेर रुदै नेपाल फर्कन एअरपोर्ट पुगेका सर्लाहिका पवन यादबले भने यस्ता दलालहरुको नाम नम्बर नेपालमा सर्बेन्द्र खनाललाई सिधै दिने हो तपाईहरुले पनि चिनि राख्नोस है । त्यस्तै आफ्नो नाम नबताउने शर्तमा एक नेपाली रेष्टुरेण्टमा भेटिएका पिडितले भने खै भोली भोली भन्दै २४ दिन भई सक्यो पठाउदैन ।
महानगरीय अपराध महाशाखाका एसएसपी सर्बेन्द्र खनाललाई नेपालको मेन पावर नेपालको एजेण्ट र यहाँ घर पठाउने भनि थुनेर राख्ने एजेण्ट विरुद्ध मुद्धा समेत हाल्ने पिडितहरुले बताए । मलेसियामा अबैधानिकहरुलाई बैधानिक बन्ने वा घर जान सक्ने कार्यक्रम अन्तरगत रिहाइरिङमा आउने भन्दा नेपाल फर्कनेहरुको संख्या अत्यधिक रहेको छ ।